प्रतिबन्धित नेकपाका काठमाडौं उपत्यका व्युरो इन्चार्ज लामासहित २ जना पक्राउ

SHARE:

काठमाडौं । प्रतिबन्धित नेकपा विप्लव समूहका काठमाडौं उपत्यका व्युरो इन्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको काँडाघारीबाट शनिबार मध्यराति लामालाई पक्राउ गरिएको हो ।

महानगरीय अपराध महाशाखाका प्रमुख सहकुल थापाले लामा शनिबार राति १२:२० बजे लामालाई पक्राउ परेको पुष्टि गरेका छन् । उनीसँगै रेशम तामाङ पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट चार वटा मोबाइल र विप्लव समूहको दस्तावेज बरामद भएको एसएसपी थापाले जानकारी दिए ।

माइला लामा काठमाडौंका नख्खु, अनामनगर, सुकेधारा लगायतका बिभिन्न स्थानमा भएका बम विस्फोटमा संलग्न रहेको प्रहरीको दाबी छ । काठमाडौं सीता पाइलामा बस्दै आएका लामा विप्लव समूहको एक प्रभावशाली नेता हुन् । २०६४ सालको पहिलो संविधानसभा काठमाडौंबाट चुनाव लडे पनि पराजित भएका थिए । उनी काठमाडौं क्षेत्र नम्बर ९ बाट कांग्रेस नेता ध्यानगोविन्द रञ्जितसँग २ सय ९ मत अन्तरले पराजित भएका थिए ।

लामा तत्कालीन माओवादीको जनसाँस्कृतिक महासंघको अध्यक्षसमेत थिए । तर, पार्टी विभाजनपछि मोहन वैद्य हुँदै उनी विप्लव समूहमा लागेका थिए । माओवादी जनयुद्धको क्रममा उनका हातका केही औंलामा क्षति पुगेका छन् भने सुन्ने र देख्ने क्षमता पनि कमजोर बनेको छ । उनले सयौं क्रान्तिकारी गीत गाएका छन्, संगीत दिएका छन् र लेखेका पनि छन् ।

उनले संगीत दिएका धेरै गीतहरुमध्ये नेत्रविक्रम चन्द (विप्लव) को शब्द रहेको ‘कसले बनायो दाजै उडी जाने बस’ चर्चित छ ।

विप्लव समूह र सरकारबीच अनौपचारिक वार्ता भइरहेको खबर बाहिर आएका छन् । विप्लव समूहले भूमिगत र अर्धभूमिगत गतिविधि चालु राखेका छन् भने सरकारले पनि विभिन्न बहानामा उनका नेता, कार्यकर्ता पक्राउ गर्ने काम रोकेको छैन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!