मकवानपुर । प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान हुँदा नेपाल प्रहरीका असई घाइते भएका छन् । मनहरी–९, रजरिया राप्ती खोलामा प्रहरी र गाँजा तस्कर समूहबीच शनिबार मध्यरातमा गोली हानाहान हुँदा प्रहरी असई नवीन विक्रम थापा घाइते भएका हुन् ।
प्रहरीले गाँजा तस्कर समूहका नाइकेलाई हतियारसहित नियन्त्रणमा लिएको छ । प्रहरीले गाँजा तस्कर समूहका नाइके कुमार स्याङ्तानलाई हतियार, ठूलो परिमाणमा गाँजासहित नियन्त्रणमा लिएको छ ।
प्रहरी प्रधान कार्यालयका निमित्त प्रवक्ता एसपी रमेश थापाका अनुसार प्रहरीले कटुवा पेस्तोल एक थान, पेस्तोलमा प्रयोग हुने गोली पाँच थान र ३५ केजी गाँजासहित स्याङतानलाई नियन्त्रणमा लिएको हो ।






