कांग्रेसको २३ कार्यकर्ता साधारण सदस्यताबाट समेत निलम्बन

SHARE:

काठमाडौँ । कांग्रेसको अनुशासन समितिले गत स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध लाग्ने २३ जना कार्यकर्तालाई पार्टीको साधारण सदस्यताबाट समेत निलम्बन गरेको छ । उनीहरूको नाम पार्टीको अभिलेखबाट हटाउन समितिले सोमबार सम्बन्धित जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ । यसरी कारबाहीमा पर्नेमा सोलुखुम्बुका मात्रै २० जना छन् । २ जना रौतहट र १ जना दैलेखका कार्यकर्ता छन् ।

सोलुखुम्बुको दुधकोशी गाउँपालिकामा आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवार दिनेहरुको प्यानल नै बनेको थियो । अध्यक्षमा वीरबहादुर गुरुङले बागी उम्मेदवार हालेका थिए । उनी सहित प्रस्तावक प्रणय राई, समर्थक सागर श्रेष्ठ पार्टीको कारबाहीमा परेका छन् ।

सोही गाउँपालिकाको उपाध्यक्षमा प्रमिला राई र ९ नम्बर वडाको वडाध्यक्षमा सनकुमार तामाङ बागी उम्मेदवार बनेका थिए । वडा नम्बर ३ को वडाध्यक्षमा भने कमलप्रसाद निरौला, राजेश राई, सूर्य राई र वडा नं १ का सदस्यमा चोलामाया राई बागी उम्मेदवार थिए । उनीहरू सहित प्रस्तावक चक्रबहादुर केसी कारबाहीमा परेका छन् ।

सोलुखुम्बुकै नेचा सल्यान गाउँपालिकाबाट अध्यक्षमा बागी उम्मेदवार दिने श्रीलाल थापा मगर, प्रस्तावक शिवप्रसाद आचार्य, समर्थक सन्तोष राई, सोही गाउँपालिकाको उपाध्यक्षमा बागी उम्मेदवार दिने नारायणकुमार निरौला उनका प्रस्तावक नरेन्द्र निरौला कारबाहीमा परेका छन् । त्यस्तै सोताङ गाउँपालिकाबाट अध्यक्षमा बागी हुने दीपक खड्का, प्रस्तावक तिलबवहादुर बस्नेत, समर्थक चन्द्रकुमारी बस्नेत खड्का, सोताङ गाउँपालिका-३ को वडा अध्यक्षमा बागी हुने सूर्यबहादुर बस्नेत र माप्य दुधकोशी गाउँपालिकाबाट अध्यक्षको बागी उम्मेदवार रहेका लोकजित कार्की कारबाहीमा परेका छन् ।

कारबाहीमै पर्नेमा रौतहटका शेख नरुललाह र शेख रसुल आलम छन् । उनीहरू पार्टीबाट उम्मेदवार बन्न नपाएपछि तत्कालीन सङ्घीय समाजवादी फोरम र माओवादी केन्द्रबाट वडा अध्यक्षको उम्मेदवार बनेका थिए । तत्कालीन माओवादी केन्द्रबाटै उम्मेदवार बनेका दैलेखका ढकबहादुर थापालाई पनि कांग्रेसले कारबाही गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!