डुबान क्षेत्रमा स्वास्थ्यस्थिति अस्तव्यस्त

SHARE:

जनकपुर । बर्षा र बाढीले डुवानमा परेको बेला प्रदेश नं २ को ८ जिल्लामा संचालित स्वास्थ्य संस्थाहरु अस्तव्यस्त अवस्थामा छन् ।

तराई मधेसको अधिकांस भूभाग डुवानमा परेको बेला हजारौं मानिस प्रभावित भएका छन् । डुवानमा परेका पीडितको ज्यान जोगिएपनि उनीहरुको स्वास्थ्यमा गम्भिर असर परेको छ । तर प्रदेश २ मा संचालित स्वास्थ्य संस्थाहरु भने बिरामीलाई पर्याप्त उपचार सेवा प्रदान गर्न सक्ने अवस्थामा छैनन् ।

मुलुककै सुगम मानिएका जिल्लामा संचालित अधिकांस स्वास्थ्य संस्थामा औषधि, स्वास्थ्यकर्मी जनशक्ति, स्वास्थ्य सामाग्री उपकरण तथा भौतिक पूर्बाधार अभावले ग्रस्त छन् ।
रौतहटको गौर अस्पताल, बाराको कलैया अस्पताल, धनुषाको जनकपुर अस्पताल लगायत प्रदेश २ मा संचालित जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरुको व्यवस्थापन अति नै कमजोर भएकाले सेवाग्रहीलाई गुणस्तरीय सेवा प्रवाह गर्न सकिरहेका छैनन् ।

केन्द्र, प्रदेश र स्थानीय तहको सरकारको मातहतमा रहेका स्वास्थ्य संस्थाहरु जनप्रतिनिधिको बेवास्ता र लापारबाहीले व्यावस्थान कमजोर भएको, उपचारका लागि आधारभूत आवश्यकता औषधि, स्वास्थ्य सामाग्री, उपकरणर जनशक्ति अभाव झेलिरहेका छन् । यतिसम्म कि स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक लगायत अन्य स्वास्थ्यकर्मी तथा कर्मचारीले तीन महिनादेखि तलव पारिश्रमिक समेत पाउन सकेका छैनन् । स्वास्थ्य संस्थामा उपलब्ध गराइने अनुदान रोकिएकाले भैपरीआउने आवश्यक सामाग्री खरिद गर्न समेत पाएका छैनन् ।

जनशक्ति अभाव
पछिल्लो समय प्रदेश २ को सामाजिक विकास मन्त्रालयले आपूm मातहतको स्वास्थ्य संरचना र दरबन्दी निर्धारण गरी कार्यन्वयन गर्न लागिरहेको प्रदेश स्वास्थ्य निर्देशक डा.प्रमोद यादवले बताए । उनका अनुसार नया“ संरचनामा सामाजिक विकास मन्त्रीको निजी सचिवालयमा नवौं तहका अधिकृतको नेतृत्वमा प्रशासन शाखा अधिकृत र नायवसुब्बा, कानुन, मापदण्ड, योजना तथा जनस्वास्थ्य महाशाखामा जनस्वास्थ्य अधिकृत प्रमूख, अधिकृत नर्स जनस्वास्थ्य अधिकृत र स्वास्थ्य शिक्षा अधिकृत रहने व्यावस्था गरेको छ ।
चिकित्सा सेवा महाशाखामा उपस्वास्थ्य प्रशासक, आयुर्वेद चिकित्सक, फार्मेसी अधिकृत, प्रदेश स्वास्थ्य निर्देशनालय ११ औं तहका निर्देशकसहित १३ जनाको दरबन्दी भएपनि दरबन्दी अनुसार कर्मचारी अभाव रहेको निर्देशक यादवले बताए ।
प्रदेश स्वास्थ्य निर्देशनालयले स्वास्थ्य संस्थाहरुको प्रभावकारी संचालन, व्यवस्थापनका लागि ८ वटा जिल्लामा संचालित स्वास्थ्य संस्था, अस्पताल, स्वास्थ्य केन्द्रहरुबाट विस्तृत अध्यायन गरी प्रतिवेदन तयार गरेको छ । उक्त प्रतिवेदन अनुसार प्रदेश २ सरकारको मातहतमा संचालित ९ वटा अस्पतालमा ६ सय ३२ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा तीन सय ४५ जना मात्र कार्यरत छन् ।
यी स्वास्थ्य संस्थामा दुई सय ८७ जना स्वास्थ्यकर्मीको दरबन्दी रिक्त छ ।स्थानीय तह अन्तर्गतका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा समेत जनशक्ति अभाव छ ।
दुई सय शैयाको जनकपुर अस्पतालमा एघारौं तहका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट जनरलिष्ट, कन्सल्टयान्ट एनेस्थेसियोलोजिस्ट, जनरल फिजिसियन, जनरल सर्जन, नाक कान घा“टी सर्जन, रेडियोलोजिष्ट, अब्स्टट्रिसियन तथा प्रसुति तथा स्त्रीरोग विशेषज्ञ, बालरोग विशेषज्ञ, नर्सिङ प्रशासक, अर्थोपेडिक सर्जन, मेडिकल अधिकृत, प्रमूख मेडिकल टेक्नोलोजिष्ट, रेडियोलोजिष्ट, जनरल सर्जन, डेन्टल सर्जन, डर्माटोलोजिष्ट, नाक कान घा“टी विशेषज्ञ, कार्डियोलोजिष्ट, पिडियात्रीसियन, साइकियाट्रिष्ट, नर्सिङ प्रशासक, नर्सिङ अधिकृत, फर्मेसी सुपरभाइजर, प्रशासनतर्फका शाखा अधिकृत, लेखापाल, नायव सुब्बा, खरिदार लगायत ४६ जना दरबन्दी रिक्त छ । अस्पतालको एक सय ४० जना दरबन्दीमध्ये एक जना प्रमूख मेडिकल अधिकृत, वरिष्ठ कन्सल्टयान्ट प्याथोलोजिष्ट, एनेस्थेसियोलोजिष्ट एक जना, रेडियोलोजिष्ट, जनरल सर्जन, डेन्टल सर्जन, जनरल फिजिसियन, नाककानघा“टी सर्जन, स्त्रीरोग विशेषज्ञ दुई जना, पिडियात्रीसियन, मेडिकल अधिकृत ११ जना, ल्याव टेक्नोलोजिष्ट, मेडिकल रेकर्डर, रेडियोग्राफर, स्टाफ नर्स २० जना, स्वास्थ्य सहायक ५ जना, कार्यलय सहयोगी १६ जना गरी ९५ जना कार्यरत छन् ।अस्पताल विकास समितिले नियुक्ति गर्ने चिकित्सक लगायत एक सय ५२ जना स्वास्थ्यकर्मी दरबन्दी स्वीकृत भएपनि एक सय ६७ जना नियुक्ति गरेकोमा ३९ जना फाजिलमा छन् ।

रौतहट सदरमुकाम गौरस्थित ५० शैयाको गौर अस्पतालमा मेडिकल सुपरिटेन्डेन्डसहित १३ जना चिकित्सकको दरबन्दी रहेपनि एक जना मात्र कार्यरत रहेको अस्पताल प्रमूख डा.कृष्ण साहले बताए । अस्पतालमा औषधि, जनशक्ति, स्वास्थ्य सामाग्री, उपकरण, बजेट लगायत आधारभूत न्यूनतम पूर्बाधार समेत नहुदा सेवाग्रही विरामीलाई गुणस्तरीय उपचार सेवा प्रबाह गर्न नसकेको डा.साहले बताए । उनका अनुसार अस्पतालमा एक जना ११ औ तहका मेडिकल सुपरिटेन्डेन्टसहित ५२ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा मेडिकल ल्याव टेक्निसियन, स्वास्थ्य सहायक ५ जना, नर्स २ जना, रेडियोग्रफर, नायव सुब्बा, खरिदार र कार्यालय सहयोगी ५ जना गरी २४ जना मात्र कार्यरत छन् ।

कन्सलटयान्ट एनेस्थेसियोलोजिस्ट, जनरल फिजिसियन, सर्जन, अब्स्टट्रिसियन प्रसुति तथास्त्रीरोग विशेषज्ञ,बालरोग विशेषज्ञ, साइकियाट्रिष्ट, हाडजोर्नी विशेषज्ञ, रेडियोलोजिष्ट, मेडिकल अधिकृत ४ जना, डेन्टल सर्जन, फिजिओथेरापिष्ट, नर्सिङ अधिकृत, मेडिकल ल्याव टेक्नोलोजिष्ट, प्रयोगशाला सहायक २, स्टाफ नर्स ४ जना, मेडिकल रेकर्डर, रेडियोग्राफर, फार्मेसी निरीक्षक, वायोमेडिकल टेक्निसियन, वरिष्ठ फिजियोथेराफी निरीक्षक, डेन्टल हाइजिनिष्ट, लेखापाल, खरिदार गरी २६ जनाको दरबन्दी रिक्त रहेको स्वास्थ्य निदेशनालयले जनाएको छ । अस्पताल विकास समितिको तर्फवाट चिकित्सक, अहेव, अनमी, खरिदार, चालक, स्वीपर, कार्यालय सहयोगी र भान्छे गरी १५ जना नियुक्ति गर्नसक्ने भएपनि हालसम्म रिक्त छ । त्यसमाथि तीन महिनादेखि तलव नपाएकाले थप समस्यामा रहेको स्वास्थ्यकर्मी निरुत्साहित भएको बताउछन् ।

बारा सदरमुकामस्थित ५० शैयाकोकलैया अस्पतालमा कन्सलटयान्ट एनेस्थेसियोलोजिस्ट, मेडिकल अधिकृत, फिजिसियन, सर्जन, नाक कान घा“टी सर्जन, बालरोग विशेषज्ञ, प्रसुति तथा स्त्रीरोग विशेषज्ञ, हाडजोर्नी विशषेषज्ञ,मेडिकल अधिकृत ६ जना, मेडिकल टेक्नोलोजिष्ट, दश जना स्टाफ नर्समध्ये ३ जना, प्रयोगशाला सहायक, मेडिकल रेकर्डर, रेडियोग्राफर, फर्मासिष्ट र अनमी लगायत ५२ जना जनाको दरबन्दी रिक्त छ । प्राविधिक र प्रशासनिक गरी ९५ जनाको दरबन्दीमध्ये ११ औं तहका मेडिकल सुपरिटेन्डेन्टसहित २६ जना स्वास्थ्यकर्मी मात्र कार्यरत छन् ।
जनशक्ति, औषधि, उपकरण र रकम अभावको कारण सेवाग्रहीलाई प्रभावकारी सेवा प्रवाह गर्न नसकेको अस्पताल प्रमूख डा.त्रिभुवनचन्द्र झाले बताए । उनले स्वास्थ्य मन्त्रालयवाट आमा सुरक्षा कार्यक्रमको ९० लाख रुपैंया नपठाउदा सुत्केरीलाई यातायात खर्च र गर्भवती जा“च लगायत स्वास्थ्य संस्था, स्वास्थ्यकर्मीले पाउने प्रोत्साहन भत्ता समेत पाएका छैनन् । प्रदेश २ का स्वास्थ्य संस्थामा सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रम समेत प्रभावकारी हुन नसकेको बताउछन् । स्वास्थ्य विमावापत सेवाग्रहीले पाउने उपचार सेवा, औषधि उपलब्ध गराएपनि त्यसवापतको रकम अस्पतालमा नपठाएपछि अस्पताल घाटामा जाने गरेको डा.झाले बताए ।

सर्लाहीस्थित ५० शैयाको मलङ्वा अस्पतालमा ११ औ तहका मेडिकल सुपरिटेन्डेन्ट जनरलिष्ट, कन्सल्ट्यान्ट एनेस्थेसियोलोजिस्ट,जनरल फिजिसियन, सर्जन, डेन्टल सर्जन, अब्स्टट्रिसियन प्रसुति तथा स्त्रीरोग विशेषज्ञ, बालरोग विशेषज्ञ, साइकियाट्रिष्ट, हाडजोर्नी विशेषज्ञ, वरिष्ठ मेडिकल अधिकृत, मेडिकल अधिकृत ४ जना, नर्सिङ अधिकृत, नर्स ४ जना, फर्मासिस्ट, वायोमेडिकल टेक्निसियन,वरिष्ठ फिजियोथेराफी निरीक्षक, डेन्टल हाइजिनिष्ट लगायत ५४ जनाको दरबन्दी रिक्त रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्राविधिक र प्रशासनिक गरी ८६ जना दरबन्दीमध्ये मेडिकल ल्याव टेक्नोलोजिष्ट, मेडिकल ल्याव टेक्निसियन, हेल्थ असिस्टेन्ड, ८ जना नर्समध्ये ४ जना, प्रयोगशाला सहायक, मेडिकल रेकर्डर, नायब सुब्बा, खरिदार, कार्यालय सहयोगीसहित३२ जना स्वास्थ्य कर्मचारी कार्यरत छन् ।

महोत्तरीमा १५ शैयाको जलेश्वर अस्पतालमा २७ जनाको दरबन्दीमध्ये दशौं तहका मेडिकल सुपरिटेन्डेन्ट, अहेव, नर्स,ल्याव असिस्टेन्ड, रेडियोग्राफर, अनमी, डार्करुम असिस्टेन्ड, खरिदार, ९ जना कार्यलय सहयोगी गरी १८जना कार्यरत छन् । दुई जना मेडिकल अधिकृत, तीन जना स्टाफ नर्स, नायब सुब्बा, लेखापाल र दुई जना कार्यालय सहयोगी गरी ९ जनादरबन्दी रिक्त छ ।पर्साको पोखरिया अस्पतालमा दशौं तहका मेडिकल सुपरिटेन्डेन्ट, नर्सिङ अधिकृत, नर्स, खरिदार र चालक गरी ५ जनाको दरबन्दी रिक्त छ । अस्पतालमा २४ जनाको दरबन्दीमध्ये दुई जना मेडिकल अधिकृत, नर्स, अहेव २ जना, अनमी ३ जना, ल्याव टेक्निसियन, रेडियोग्राफर, अहेव २, अनमी ३ र चार जना कार्यालय सहयोगीसहित १९ जना कार्यरत रहेको निर्देशनालयले जनाएको छ ।
सप्तरीको राजविराजस्थित ५० शैयाको गजेन्द्रनारायण सिंह अस्पतालमा एक सय एक जनाको दरबन्दीमध्ये कन्सल्ट्यान्ट जनरल फिजिसियन, प्रसुति तथा स्त्रीरोग विशेषज्ञ, बालरोग विशेषज्ञ,नर्सिङ प्रशासक, प्याथोलोजिष्ट, रेडियोलोजिष्ट, मेडिकल जर्नलिष्ट, फिजिसियन, डर्माटोलोजिष्ट, नाक कान घा“टी सर्जन, साइकियाट्रिष्ट, नर्सिङ अधिकृत, मेडिकल अधिकृत ४ जना, मेडिकल रेकर्डर सहायक, स्टाफ नर्स ११ जना, सहायक हाउसकिपिङ र १९ जना कार्यालय सहयोगी गरी ५१ को दरबन्दी रिक्त रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उक्त अस्पतालमा ११ औं तहका मेडिकल सुपरिटेन्डेन्ट, बालरोग विशेषज्ञ, मेडिकल ल्याव टेक्नोलोजिष्ट, वरिष्ठ कन्सल्ट्यान्ट एनेस्थेसियोलोजिस्ट, बरिष्ठ अर्थोपेडिक, जनरल सर्जन, फिजिसियन, डेन्टल सर्जन, दुई जना मेडिकल अधिकृत, ल्याव टेक्निसियन, रेडियोग्राफर, १८ जना स्टाफ नर्समध्ये ७ जना, स्वास्थ्य सहायक, ल्याव असिस्टेन्ड, अनमी ४ जना, अहेव ५ जना, डार्करुम असिस्टेन्ड गरी ५० जना कार्यरत छन् ।

सप्तरीकै १५ शैयाको भारदह अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट, नर्स ३ जना, खरिदार गरी ५ जना दरबन्दी रिक्त छ । मेडिकल अधिकृत, स्वास्थ्य सहायक, नर्स दुई दुई जना, ल्याव टेक्निसियन, एनेस्थेसिया असिस्टेन्ड, रेडियोग्राफर, अहेव, अनमी, ल्याव असिस्टेन्ड, कार्यलय सहयोगीसहित १५ जना कार्यरत छन् । यसैगरी ५० शैयाको सिरहा अस्पतालमा प्रमूख मेडिकल सुपरिटेन्डेन्ट, मेडिकल जनरलिष्ट, पिडियाट्रिसियन, स्त्रीरोग विशेषज्ञ, एनेस्थेसियोलोजिस्ट, सर्जन, अर्थोपेडिक सर्जन, साइकियाट्रिष्ट, जनरलm फिजिसियन, मेडिकल अधिकृत ४ जना, डेन्टल सर्जन, रेडियोलोजिष्ट, फिजियोथेरापिष्ट, मेडिकल ल्याव टेक्नोलोजिष्ट, नर्सिङ अधिकृत, नर्स ५ जना, फार्मेसी सुपरभाइजर, रेडियोग्राफर, डेन्टल हाइजिनिष्ट, ल्याव असिस्टेन्ड, वायोमेडिकल टेक्निसियन लगायत ३० जनाको दरबन्दी रिक्त छ । अस्पतालको ५८ जनाको दरबन्दीमध्ये मेडिकल सुपरिटेन्डेन्ट, स्वास्थ्य सहायक, ल्याव टेक्नोलो्जिष्ट, डार्करुम असिस्टेन्ड, अहेव, अनमी र श्रेणीविहीन कर्मचारीसहित २८ जना मात्र कार्यरत रहेको स्वास्थ्य निर्देशक डा.प्रमोद यादवले बताए । सिरहाकै अर्को ५० शैयाको लाहान अस्पतालमा मेडिकल सुपरिटेन्टेन्ड, चिकित्सक र कार्यालय सहयोगीसहित ८ जनाको दरबन्दी रिक्त छ । अस्पतालका २९ जनाको दरबन्दीमध्ये चिकित्सक, स्वास्थ्य सहायक, नर्स, अहेव, अनमी, प्रयोगशाला सहायक, मेडिकल रेकर्डरसहित २१ जना कार्यरत छन् ।

महामारी फैलिने सम्भावना
बर्षा र बाढीले प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरीको अधिकांस भूभाग, शहर र गाउ वस्ती डुवानमा परेपछि हजारौं घरपरिवार विस्थापित भएका छन् । डुवानमा परेका हजारौं मानिसलाई झाडापखाला, ज्वरो, टाइफाइड लगायत विभिन्न रोगव्याधी, महामारी फैलिने सम्भावना रहेकोले प्रदेश स्वास्थ्य निर्देशनालयले स्थलगत अनुगमनमा टोली खटाएको स्वास्थ्य निर्देशक डा.प्रमोद यादवले बताए ।

निर्देशनालयले सबैभन्दा बढी वाढी प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गर्ने जनाएको छ । रौतहत, महोत्तरी, धनुषा, सिराहा, सप्तरीमा मंगलबार नै टोली पठाइसकेको भएपनि वाढी पीडित र विरामीको विवरण आइसकेको छैन । बाराको कलैया अस्पतालमा दैनिक ३५ देखि ४० जना विरामी अस्पताल भर्ना हुने गरेको अस्पताल प्रमूख डा.त्रिभुवनचन्द्र झाले बताए । उनले विरामी आउने क्रम जारी रहेको बताए । जनकपुर अस्पताल, जलेश्वर अस्पताल लगायत अधिकांस स्वास्थ्य संस्था समेत डुवानमा परेकाले विरामीहरुको उपचार गर्न कठिनाइ रहेको जनाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!