एभरेष्ट ल सोलिसिटर्सले अल्डरसटमा सेवा दिने

SHARE:

एटा सम्वाददाता
अल्डरसट । विगत केही वर्षदेखि बेलायतमा भूतपूर्व ब्रिटिस गोर्खा सैनिकलगायत नेपालीहरुको इमिगे्रशनसम्बन्धी विशेष कानूनी सल्लाह दिंदै आएको एभरेष्ट ल सोलिसिटर्सले अल्डरसट, फार्नबोरो, क्याम्बर्ली र रेडिङ्गका नेपालीहरुको सुविधालाई ध्यानमा राख्दै अल्डरसटको एम्पायर हलमा सेवा प्रदान गर्ने जनाएको छ । प्रत्येक शनिबार र आइतबार बिहान ११ बजेदेखि ४ बजेसम्म अल्डरसटस्थित एम्पायर हलमा विज्ञ सोलिसिटरहरुद्वारा इमिग्रेशनसम्बन्धी आवश्यक सल्लाह दिने भएको हुँदा ईच्छुक महानुभावले तुरुन्त सम्पर्क गर्न अनुरोध गर्न सोलिसिटर्सले अनुरोध गरेको छ ।

धेरै वर्षदेखि भूतपूर्व गोर्खा र उनीहरुका परिवारको आवासीय भिसाको आवेदनलगायत मुद्दामा काम गर्दै आएको सो ल फर्मको विशेष सेवाले सो क्षेत्रका सेवाग्राहीहरुलाई सुविधा पुग्ने विश्वास लिइएको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!