प्रचण्डको निर्देशन, ‘सरकार र पार्टीविरुद्ध भइरहेको योजनाबद्ध आक्रमणको प्रतिवाद गर्नुस्’

SHARE:

काठमाडौँ । नेकपाको अध्यक्ष पुष्पकमल दाहालले सरकार र पार्टीविरुद्ध योजनाबद्ध आक्रमण भइरहेकोले त्यसको प्रतिवाद गर्न निर्देशन दिएका छन् । पार्टीको नव गठित प्रचार विभागका प्रमुख र उपप्रमुखलाई जिम्मेवारी हस्तान्तरण गर्न बुधबार आयोजित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो योजनाविरुद्ध प्रचार रणनीति बनाउनुपर्ने बताए । ‘पार्टी र सरकारलाई चौतर्फी रुपमा योजनबद्ध आक्रमण भइरहेको छ,’ अध्यक्ष दाहालले भने, ‘त्यसको व्यवस्थित प्रतिवाद जरुरी छ।’

अध्यक्ष दाहालले पार्टीले र सरकारले राम्रो काम गर्ने अवस्था निर्माण गर्नुपर्ने बताए। राम्रो काम भएको अवस्थामा त्यसको त्यसको स्वतः प्रचार हुनसक्ने दाहालको धारणा थियो।‘स्वतन्त्रता र अराजकता तथा लोकतन्त्र र अधिनायकत्व बीचको सन्नुतल मिलाएर जानुपर्छ, प्रचारको काममा स्वतन्त्रता र लोकतन्त्रलाई प्राथमिकता दिएर गर्नुपर्छ,’ अध्यक्ष दाहालले बैठकमा भने ।

नेकपाले गत महिना प्रचार विभागको प्रमुखमा नारायाणकाजी श्रेष्ठ र उपप्रमुखमा सूर्य थापालाई चयन गरेको थियो। पूर्व एमाले र पूर्व माओवादी पक्षका प्रचार विभागका तत्कालिन प्रमुखहरु योगेश भट्टराई र पम्फा भुसालले बुधबार जिम्मेवारी हस्तान्तरण गरेका थिए। विभागको जिम्मेवारी हस्तान्तरणमा पहिले यो विभागको नेतृत्व गरिसकेका वरिष्ठ नेता झलनाथ खनाल, प्रदीप नेपाल, युवराज ज्ञवाली, अग्नि सापकोटा, रघुजी पन्त, योगेश भट्टराई, पम्फा भुसाल लगायतका नेताहरुले पार्टीका कामको व्यापक प्रचार जरुरी रहेको बताए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!