देउराली ट्राभल अल्डरसटमा

SHARE:

एटा संवाददाता
लन्डन । विगत १४ वर्षदेखि बेलायतमा सेवा दिँदै आएको देउराली ट्राभलले अल्डरसटमा आफ्नो शाखा विस्तार गरेको छ । विभिन्न देशको हवाई टिकटका लागि अनुमति लिई सेवा सञ्चालन गरिरहेका देउराली ट्राभल सम्भवत: नेपाली व्यवसायीहरुमा पहिलो हुन् ।

अल्डरसट नेपालीहरुको बसोबास बढी भएको सैनिक वस्तीको रुपमा परिचित टाउन हो । भूतपूर्व गोर्खाहरुले बेलायतमा बसोबास गर्ने अधिकार प्राप्त गरेपछि बेलायतमा नेपालीहरुको बसोबास बढ्दैआएको हो । तिनै नेपालीहरुलाई सेवा दिने उद्देश्यका साथ देउराली ट्राभलले आफ्नो शाखा अल्डरसटमा शुरु गरेको हो ।

देउराली ट्राभल लाईसेन्स प्राप्त ट्राभल कम्पनी भएकाले पनि यहाँबाट लिएका टिकटको मिति परिवर्तन, फिर्ता, वृद्धवृद्धाहरुलाई ह्वील चियर लगायत आवश्यक सहयोग गर्न सकिने समेत ट्राभलका प्रवन्ध निर्देशक आशिष पन्त बताउछन् । साथै, उनले आफूहरुले युरोप यात्राका लागि प्याकेजको टिकट समेत व्यवस्था गरिने बताए । र, छिट्टै सेनजेन भिजाको समेत व्यवस्था गर्ने जनाए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!