सभामुख महराले किन सच्याए राजीनामा पत्र ?

SHARE:

काठमाडौ । निवर्तमान सभामुख कृष्णबहादुर महराले मंगलबारको राजीनामामा उल्लेखित ‘सर्त’ सहितको भाषा सच्याएर बुधबार अर्को राजीनामा पत्र पठाएका छन् । उनले स्वकीय सचिव सागर केसीमार्फत बुधबार पुनः राजीनामा पठाएका हुन् ।

स्रोतका अनुसार बुधबार बिहान उनले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पठाएको राजीनामा पत्रमा ‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजैको मितिदेखि राजीनामा दिएको छु,’ भन्ने व्यहोरा उल्लेख छ । मंगलबार उनले ‘छानबिन नसकिँदासम्मका लागि राजीनामा दिने’ व्यहोराको पत्र पठाएका थिए । राजीनामालगत्तै उनको पत्रको भाषाबारे प्रश्न उठेपछि उपसभामुखले मंगलबार राजीनामा स्वीकार नगरेको स्रोतको भनाइ छ । तुम्बाहाङ्फेले भने सचिवालयका महासचिव मनोहर भट्टराई कार्यालयमा नभएका कारण सूचना जारी गर्न ढिलो गरेको उनी निकटहरूको भनाइ छ ।

तर चार दिनदेखि भारत गएका महासचिव भट्टराई नेपाल फर्किनुभन्दा पाँच घण्टाअघि नै महराको राजीनामा स्वीकृत गरेको सूचना संसद् सचिवालयले टाँसेको थियो । उक्त सूचनामा सचिव भरतराज गौतमको हस्ताक्षर थियो । महराको राजीनामा स्वीकृत भएलगत्तै संसद् सचिवालयले आफ्नो वेबसाइटबाट सभामुख महराको नाम हटाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!