गुरुङ चलचित्र ‘शिरमाह्रानी’ प्रदर्शन हुँदै

SHARE:

मिलन तमु
अल्डरसट । गुरुङ भाषा, कला र संस्कृतिमा आधारित गुरुङ चलचित्र ‘शिरमाह्रानी’ बेलायतमा प्रदर्शन हुने भएको छ ।

आउँदो १३ मे का दिन अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शन गर्न लागिएको हो । मनोज गुरुङको लेखन तथा निर्देशन रहेको सो चलचित्रमा दर्शन गुरुङ, सिमरन गुरुङ, खेम घले र तिब्रता गुरुङलगायत कलाकारको विशेष अभिनय रहेको छ ।
पर्बत जिल्ला बिहादी बाच्छ गाउँमा छायांकन गरिएको सो चलचित्रमा सिमरन गुरुङको मुख्य भूमिका रहेको छ । दूधबहादुर गुरुङ तथा आमा शान्ति गुरुङको कोखबाट पर्वत भोक्सिङ्गमा जन्मिएकी सिमरनले चलचित्र टुकीलगायत थुप्रै म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

मनोज गुरुङ र प्रिया गुरुङको स्वर रहेको सो चलचित्रको गीतमा गायक मनोज गुरुङले नै संगीत भरेका छन् । दर्शन मुक्तिमनोज फिल्मस् प्रोडक्सन प्रालिको तेस्रो प्रस्तुति ‘शिरमाह्रानी’ का कार्यकारी निर्माता हुम गुरुङ (युके) हुन् भने छायांकन र सम्पादन खिम गुरुङले गरेका छन् ।

गुरुङहरुको परम्परा, भेषभूषा र संस्कृति समावेश गरिएको सो चलचित्र हेरिदिनका लागि भूतपूर्व गोर्खा सैनिकसमेत रहेका निर्माता हुमबहादुर गुरुङले अनुरोध गरेका छन् । उनले छिट्टै विभिन्न देशमा र नेपालका बिभिन्न सहरमा प्रदर्शन गर्न लागिएको जानकारी दिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!