‘भ्वाइस अफ नेपाल’ सिजन ७ की विजेता नीताकुमारी थापा मगर बेलायत आउने पक्का

SHARE:

लन्डन । ‘भ्वाइस अफ नेपाल’ सिजन ७ की विजेता नीताकुमारी थापा मगर बेलायत आउने पक्का भएको छ ।

मगर संघ यूकेको ‘नेपाली ओपन कन्सर्ट’मा प्रस्तुति दिन नीता बेलायत आउने निश्चित भएको अध्यक्ष लालबहादुर पुन (लालु)ले जानकारी दिएका छन् । अध्यक्ष पुनले नीतालाई बेलायत आउन भिसा लागिसकेको प्रस्ट पारे ।

म्युजिक फर युनिटी सन्देशसहित ‘नेपाली ओपन कन्सर्ट २०२६’ जुलाई २५ मा शनिबार हुँदैछ । उक्त कार्यक्रमका लागि नेपालको चर्चित तथा लोकप्रिय ‘मन्त्र ब्याण्ड’ले पनि बेलायत आउन प्रवेषाज्ञा पाइसकेको छ ।

सन् २००२ मा स्थापना भएको मगर संघ यूकेले विगतका वर्षहरुमा झैँ यस वर्ष पनि बेलायतमा रहेका नेपाली समुदायलाई संगीतको माध्यमबाट एकजुट गराउने उद्देश्यका साथ यो बृहत् खुला कन्सर्टको आयोजना गर्न लागेको जनाएको छ । यस वर्षको कन्सर्ट अल्डरसटस्थित प्रसिद्ध रसमोर एरिनामा हुनेछ।

सांगीतिक उत्सव दिउँसो १३:०० बजेदेखि राति २२:३० बजेसम्म चल्ने छ । कार्यक्रममा बेलायतवासी सम्पूर्ण नेपालीहरूलाई गरिमामय उपस्थितिका लागि आयोजकले निमन्त्रणा गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!