पूर्वब्रिटिस गोर्खा कुवेरसिङ नेम्बाङको नेपालमा अन्त्येष्टि, शवयात्रामा नौमती बाजा

SHARE:

लन्डन । बेलायतमा निधन भएका पूर्वब्रिटिस गोर्खा कुवेरसिङ नेम्बाङको परम्पराअनुसार नेपालमा अन्त्येष्टि गरिएको छ ।

सोमबार २२ जुनमा कुवेरसिङको जन्मस्थान पाँचथरको फाल्गुनन्द गाउँपालिका २ इम्बुङमा निर्मित चिहान घरमा राखिएको हो । कुवेरसिङले तीन वर्षअघि नै १३ लाख हाराहारीमा खर्च गरेर चिहान घर बनाएका थिए ।

कुवरसिङको अन्त्येष्टिको बखत स्थानीय र इस्टमित्रको बाक्लो उपस्थिति थियो । उनको अन्त्येष्टिमा विरलै देखिने दृश्य अर्थात् नौमती बाजा पनि बजाइएको थियो । कुवेरसिङका कान्छा छोरा गजेन्द्रराज नेम्वाङले बुबाकै इच्छाबमोजिम शवयात्राका क्रममा नौमतीबाजा समावेश गरिएको बताए ।

‘स्व.कुवेर सिं नेम्बाङ लिम्बुको शवलाई चिहान घरमा लैजाँदा नौमती बाजा हामीले बजाउन लगायौ । प्रश्न उठ्न सक्छ, आखिर किन ? बुबाले आफ्नो निधनलाई उत्सवको रुपमा मात्र लिनु, शोकको रुपमा पटक्कै नलिनु भन्नुभएको थियो ..। किनभने जीवनले चोला फेरेको मात्र हो भन्नुभएको छ त्यही भएर हामीले बुबाको आज्ञालाई शिरोपर गर्दै नौमती बजा समावेश गराएका हौं । तर हामीले नौमति बजा बजाउन घरभित्र अनुमति दिएनौं । बाहिर सर्कल सडकमार्ग हुँदै चिहान घरसम्म मात्र बजाउन अनुमति दियौं । अब आषाढ १८ गतेको दिन अन्तिम सुध्दाई कार्ज्ये गरेको दिन पुन: नौमती बाजा संलग्न गराइनेछ । त्यतिखेर भने घरमै बज्नेछ नौमति बाजा …,’ गजेन्द्रले फेसबुकमा लेखेका छन् ।

कुवेर सिङ नेम्वाङको पार्थिव शरीर शुक्रबार १९ जुनमा लन्डनबाट नयाँ दिल्ली भारत हुँदै नेपालका लागि उडान भरिएको थियो । २० जुन बिहान काठमाडौं विमानस्थलमा ल्याइपुर्‍याएका कुबेरसिङ नेम्बाङ लिम्बुको शव सोही दिन एम्बुलेन्समार्फत इम्बुङतर्फ लगिएको थियो ।

पूर्वब्रिटिस आर्मी स्टाफ सार्जेन्ट कुवेरसिङको २०८३ जेठ २१ मा बेलायतको केन्टस्थित विलियम हार्भे अस्पतालमा ९२ वर्षको उमेरमा निधन भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!