तमु धिं स्याङ्जाको वार्षिकोत्सव सम्पन्न, मे.लक्ष्मीप्रसाद/हुमकुमारी गुरुङद्वारा अक्षयकोष स्थापना

SHARE:

स्याङ्जा । तमु जातिको अग्रणी सामाजिक सामुदायिक संस्था तमु धिं नेपालको स्याङ्जा जिल्ला समितिको प्रथम वार्षिकोत्सव सोमबार पुतलीबजार नगरपालिका वडा ३ मजुवास्थित तमु (गुरुङ) समाजमा भव्यताको साथ सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य पूर्वमन्त्री पन्चराम गुरुङले तमुहरू बिच एकता, सक्रियता, सचेतता बिना अग्र गतिमा लाग्न नसक्ने बताए । तमुहरू अब अरूले अधिकार दिएन, पछि पारे, हामी राज्यबाट ठगियौँ भन्ने मानसिकताबाट माथि उठेर सबै तमुहरू एक भई अधिकार खोसेर लिनुपर्ने बताए । राज्यबाट अझै असमानता छ, चाहे विकास निर्माण होस वा सेवा सुविधा होस तर अबको समय हामी गुरुङहरू एकताबद्ध भयौँ भने सबै विभेदहरू अन्त्य हुने उनको भनाइ थियो।

गण्डकी प्रदेश सभाभित्र म माननीय हुँला बाहिर तपाईँहरूको भाइ छोरा साथै हली हुँ माननीय नभन्नुस्, कुनै समस्या परेमा रातको बाह्र बजे पनि उपस्थित हुने प्रतिबद्धता समेत उनको थियो। तमुहरूको एकता, तमु समुदाय र तमु धींको निम्ति आफ्नो तर्फबाट सक्दो साथ रहने गुरुङले उद्घोष थियो ।

तमु धिं नेपाल केन्द्रीय समितिका अध्यक्ष हुमबहादुर गुरुङले वार्षिकोत्सवको सफलताको शुभकामना व्यक्त गर्दै तमु धिं नेपाल तमुहरूको एकता, तमु जातिको भाषा, कला, संस्कार संस्कृति संरक्षण विकास, अग्रगतिको लागि स्थापित भएकाले दुख सुखमा सधैँ तमुहरू कै साथमा रहेको बताए । तमु एकताका लागि तमु धिं नेपाल सधैँ तयार छ, संस्थाको नाममा कसैले अहमता र संकुचित भावनाबाट ग्रसित हुनुहुँदैन, विशाल भावना असल मनसाय आवश्य छ उनको भनाइ थियो। अब तमु धिं नेपाल स्याङ्जा जिल्ला समिति पालिका, वडा, गाउँहरूमा संगठन निर्माणको अभियानमा पुग्नुपर्दछ, राज्यबाट प्राप्त अधिकार कार्यान्वयन गर्न र पाउनुपर्ने अधिकारको लागि अभियानमा जुट्नुपर्ने बताए ।

तमु धिं नेपाल केन्द्रीय सदस्य कृष्ण कुमार गुरुङले शुभकामना व्यक्त गर्दै तमु धिं नेपाल एकताका निम्ति इमानदारीपूर्वक अघि बढेको छ, एकताकै लागि संगठन बिस्तार अभियानलाई लामो समयदेखि स्थगन राखेकोमा अब पहिलो चरणमा तमुवान भूमि गण्डकी प्रदेशलाई सङ्गठित गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा अघि बढ्ने बताए । तमु धिं नेपाल र तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्को एकताको प्रक्रिया प्रस्ट पार्दै उनले तमु एकतामा तमु धिं नेपाल इमानदार छ,यदि रहेन भने आफूले संस्थामा विद्रोह गर्ने र तमु ह्युल छोंज धिं भित्रका इमानदार तमुहरूले पनि विद्रोह गर्ने आँट गर्नुपर्छ भने ।

तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य रबिन गुरुङले शुभकामना व्यक्त गर्दै तमु एकता लागि सबै संस्था सकरात्मक हुनुपर्दछ भन्दै तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदभित्र आफुहरुले एकतालाई सार्थकता बनाउन बारम्बार जोड दिइरहेको बताए । एकताकै चरणमा तमु धिं नेपालको स्याङ्जाको गतवर्षको भेलामा अवरोध र जापानको घटना दुखदायी भएको उनको भनाइ थियो। नेतृत्वदायी संस्थाहरुले जुटाउने हो फुटाउने होइन भन्नुहुदै गुरुङले तमु धिं नेपाल स्याङ्जा जिल्ला समितिले स्याङ्जा जिल्लाका तमुहरुलाई एकताबद्ध बनाउने अभियानमा सधैँ आफ्नो साथ रहने बताए ।

तमु धिं नेपाल संरक्षक परिषद् सहसंयोजक वरिष्ठ समाजसेवी मेजर लक्ष्मीप्रसाद गुरुङले शुभकामना व्यक्त गर्नुहुदै तमु र भुपु सैनिकहरुको एकताले गुरुङ समुदाय अग्र गतिमा लाग्नसक्ने भएकाले आफुहरुको पहलमा गोर्खा कम्युनिटी पोखरा लगायतको संस्था स्थापना गरेको बताए । तमु धिं नेपाल स्याङ्जा जिल्ला समिति सधैँ सकृयतापुर्वक अघि बढ्नका लागि मेजर लक्ष्मीप्रसाद गुरुङ र धर्मपत्नी तमु धिं केन्द्रीय समिति सदस्य हुमकुमारी गुरुङको तर्फबाट १ लाख १ हजार ११५ रुपैयाको अक्षयकोष रकम हस्तान्तरण साथै स्थापना दिवसको अवसरमा वार्षिक दश हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे।

तमु धिं युकेका संस्थापक सल्लाहकार एवम गोर्खा स्मारक ट्रष्ट साल्मेडाडाका संयोजक डा. चन्द्र बहादुर गुरुङले शुभकामना व्यक्त गर्दै तमु भाषा संरक्षणका लागि सबै तमुहरूले मातृभाषा बोल्ने र तमु क्युईको संरक्षण र विकासका लागि तमु धिं स्याङजाले प्राथमिकता दिनुपर्ने गुरुङ भाषामै मन्तव्यबाट सुझाव दिए।
तमु धिं नेपाल कास्की जिल्ला समिति अध्यक्ष प्रेमबहादुर गुरुङले वार्षिकोत्सव सफलताको शुभकामना व्यक्त गर्नुहुदै तमुहरूको संस्थागत एकता आवाश्याकतामा जोड दिए।

कोल्मा बहाकोट तमु समाज पोखराका अध्यक्ष पुर्णबहादुर गुरुङले तमु धिं नेपाल स्याङजा जिल्ला समिति गठनको समयमा योजनाबद्ध घटना फेरि पनि नदोहोरियोस् भने । उनले हामी तमुहरू एकता हुनुपर्दछ, अब तमु धिं स्याङ्जाको संगठन निर्माण अभियानमा सबैको साथको अपेक्षा गरे । काहुलेमा बिगतमा गएको पहिरो पिडितलाई सबै भन्दा धेरै सहयोग, बिरामीहरुलाई सहयोग, भाषा, शिक्षा, संस्कृति लागयतको क्षेत्रमा तमु धिं नेपालको सहयोगको अतुलनीय रहेको बताए ।

तमु(गुरुङ) समाज स्याङ्जाको अध्यक्ष अण बहादुर गुरुङले शुभकामना ब्यक्त गर्दै तमुहरूको दुख सुखमा एकै थलोमा रहनुपर्ने बताए ।

क्याम्बर अफ कमर्श स्याङ्जाको अध्यक्ष श्रीबहादुर गुरुङले शुभकामना व्यक्त गर्दै तमुहरूको समृद्धिको लागि आफ्नो साथ रहने बताए ।

तमु (गुरुङ) समाज स्याङ्जाका महासचिव डिवी गुरुङले तमु समाज स्याङ्जा जिल्ला प्रसासन कार्यलय स्याङ्जामा दर्ता भएको स्वायत्त संस्था भएकाले आगामी दिनमा पनि तमु संघ संस्थाहरुसंग सहकार्य गरिने बताए ।

कार्यक्रममा तमु धिं नेपाल स्याङ्जा जिल्ला समिति सहसचिव गायिका ममता गुरुङ, तमु धिं नेपाल केन्द्रीय युवा समिति सचिव गायक रामप्रसाद गुरुङ र गायिका निसा गुरुङले आफ्नो गायन प्रस्तुति साथै तमु धिं नेपाल विद्यार्थी समिति, तमु(गुरुङ) समाज स्याङ्जा र कोल्माबहाकोट तमु समाजका कलाकारहरुले बिबिध साँस्कृतिक प्रस्तुति गरी मनोरन्जन दिलाएका थिए भने कार्यक्रम सफलताको शुभेक्षासहित विभिन्न सहयोगदाताहरुले सहयोग गरेका थिए ।

तमु धिं नेपाल स्याङ्जा जिल्ला समितिका अध्यक्ष बालकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष आइ बहादुर गुरुङले स्वागत र सचिव जितबहादुर गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!