काठमाडौं । अतिक्रमणमा परेको विरोधमा टुँडिखेल मानवसाङ्लोले घेरिएको छ। शनिबार बिहानैबाट अक्युपाई टुँडिखेल अभियानअन्तर्गत जनतासँगै विभिन्न विशिष्ट व्यक्ति टुँडिखेल पुरेर मानवसाङ्लो बनाएर अतिक्रमणको विरोध जनाइरहेका छन्।

विभिन्न समयमा सरकार र गैर सरकारी क्षेत्रबाट टुँडिखेल अतिक्रमण भएकोभन्दै उनीहरूले विरोध जनाएका हुन्। अक्युपाई टुँडिखेल अभियानका संयोजक विजय श्रेष्ठले अतिक्रमण हटाएर पुरानै अवस्थामा नफर्काइएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।
‘यो हाम्रो सार्वजनिक सम्पति हो। यसलाई मास्ने अधिकार कसैलाई छैन,’ उनले भने, ‘यसको संरक्षण हामीले नगरे कसले गर्ने। टुँडिखेल बचाउन अब सबै एक हुने बेला आएको छ।’
आन्दोलनमा ऐकेवद्धता जनाउन पुगेका पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाडौंमा खुला ठाउँ नभएर स्वास नै दवायर बस्नु परेको बताएका छन्। उनले कुनै पनि हालतमा खुलामञ्चको अतिक्रमण स्वीकार्य नहुँने बताए।






