लन्डन । बेलायतमा निधन भएका पूर्व ब्रिटिस गोर्खा कुवेरसिङ नेम्बाङको पार्थिर शरीर अन्त्येष्टिका लागि आज शुक्रबार नेपाल लगिएको छ ।
लन्डनबाट नयाँ दिल्ली भारत हुँदै नेपालका लागि उडान भरिएको कुबेरसिङ नेम्बाङ लिम्बुका कान्छा छोरा गजेन्द्रराज नेम्वाङले जानकारी दिएका छन् । कुवेरसिङ नेम्बाङको शवको साथमा कान्छा छोरा गजेन्द्रराज र मन्तरी छोरी महेश्वरी नेम्बाङ नेपालतर्फ लागेका छन् । शव शनिबार बिहान ९ बजे काठमाडौं पुग्ने तालिका छ ।
काठमाडौं विमानस्थलमा जेठा छोरा नगेन्द्रराज नेम्बाङले कुवेरसिङ नेम्वाङको पार्थिव शरीर रिसिभ गर्नेछन् ।
नगेन्द्रराज नेम्वाङ, उनकी श्रीमती एवं समाजसेवी पुनम वेनम नेम्वाङसहित परिवार र आफन्तजन शुक्रबार नै लन्डनबाट काठमाडौं पुगिसकेका छन् ।
पूर्वब्रिटिस आर्मी स्टाफ सार्जेन्ट कुवेरसिङको २०८३ जेठ २१ मा बेलायतको केन्टस्थित विलियम हार्भे अस्पतालमा ९२ वर्षको उमेरमा निधन भएको हो । उनका श्रीमती, दुई छोरा र ११ छोरी छन् ।






