एटा संवाददाता
अल्डरसट । तमुधिं यूकेको १९ औं साधारणसभा सम्पन्न भएको छ । गत शनिबार १६ नोभेम्बरका दिन तमुधिं भवन मिचेटमा सम्पन्न भएको हो । साधारणसभालाई तमुधिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ र अध्यक्ष नन्दजङ्ग गुरुङले दिपप्रज्ज्वलन गरी उद्घाटन गरेका थिए ।

कार्यक्रममा तमुधिं यूकेका कोषाध्यक्ष कुमार गुरुङले आर्थिक प्रतिवेदन र महासचिव तुलाराम गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत् गरेका थिए । उनीहरुले प्रस्तुत् गरेको दुवै प्रतिवेदनमाथि व्यापक रुपमा छलफल गरिएको थियो । छलफलमा गोर्खा कप, नेपाली मेला, आजीवन सदस्य रात्रीभोज, ल्होछार कार्यक्रम लगायत नेपालबाट आमन्त्रित अतिथि र कलाकारहरुको बारे सहभागी आजीवन सदस्यहरुले आ–आप्mना राय, सल्लाह र सुझावहरु दिएका थिए ।
तमुधिं यूकेका आजीवन सदस्यहरुको बाक्लो उपस्थिति रहेको साधारणसभामा आमा समूहकी महासचिव यशोदा गुरुङ, तमुधिं लन्डन इकाई अध्यक्ष चन्द्रबहादुर गुरुङ, साउथ ईष्ट रिजनल तमुधिं यूके अध्यक्ष हिराप्रसाद गुरुङ, तमुधिं हमसायर इकाई अध्यक्ष उत्तरबहादुर गुरुङ, चारभञ्ज्याङ्ग तमु समाज अध्यक्ष मदनप्रसाद गुरुङले आ–आफ्नो इकाईको प्रगति विवरण प्रस्तुत् गरेका थिए ।
त्यस्तै, तमुधिं यूके ल्होछार संयोजक वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङ, आजीवन सदस्य रात्रीभोज कार्यक्रमका संयोजक उपाध्यक्ष हरि गुरुङ, विधान संशोधन संयोजक एकेन्द्र गुरुङ, प्रोपर्टी संयोजक हर्क गुरुङ, फ्रेंसी संयोजक रोहित गुरुङ लगायतले आफूहरुको संयोजनमा रहेको विभिन्न उपसमितिले गर्दै आएको कार्यबारे जानकारी गराएका थिए ।
नेपाली समुदाय बेलायतमा थुप्रै परोपकारी कामहरु गर्दै आएको तमुधिं यूकेको साधारणसभामा तमुधिं यूके संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्व अध्यक्षहरु सुवासिं गुरुङ, कमल गुरुङ, सुर्जे
(रामचन्द्र) र ज्ञाम गुरुङले साधारणसभाको सफलताको शुभकामना मन्तव्य दिएका थिए ।
तमुधिं यूके अध्यक्ष नन्दजङ्ग गुरुङको अध्यक्षतमा बसेको साधारणसभामा वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङले स्वागत मन्तव्य दिएका थिए भने महासचिव तुलाराम गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।






