हुण्डी कारोवारी ३८ लाख रकमसहित पक्राउ

SHARE:

काठमाडौं । अवैध हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले रु ३८ लाख १२ हजार नगद तथा विभिन्न व्यक्तिको नाममा काटिएको चेकसमेत बरामद गरिएको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१८ नरदेवीस्थित अञ्जनी ओभरसिजका सञ्चालक गोवर्द्धनप्रसाद सरावगी र अर्घाखाँची शीतगङ्गा नगरपालिका–४ का २३ वर्षीय कृष्णप्रसाद भट्टराई रहेको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख सहकुल थापाले जानकारी दिए ।

काठमाडौँ उपत्यकाभित्र गैरकानूनी तवरले हुण्डीको कारोवार गरी राजश्व छली गरिरहेको भन्ने सूचनाको आधारमा महाशाखाबाट खटिएको टोलीले काठमाडौँको न्युरोडबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले भट्टराईबाट रु ३० लाख तथा सरावगीबाट रु आठ लाख १२ हजार बरामद गरेको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!