उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न राष्ट्रपति अस्पतालमा

SHARE:

काठमाडौँ ।  प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगेकी छन् । बिहीबार साँझ राष्ट्रपति भण्डारी मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न भएकी हुन् ।

मंगलबार बिहान एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओली अस्पतालमै छन्।

सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटका अनुसार बिहीबार साँझ ७:४० बजे महाराजगञ्जस्थित ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’ मै पुगेर राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई भेटेर स्वास्थ्य अबस्थाबारे जानकारी लिएकी हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस नोट सार्वजनिक गर्दै राष्ट्रपतिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको जानकारी गराएका छन्।

राष्ट्रपतिले प्रधानमन्त्रीको स्वास्थ्य स्थितिमा आइरहेको सुधारप्रति खुसी ब्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेको उल्लेख गरेका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!