उपनिर्वाचनको परिणाम आउनेक्रम जारी, नेकपाको अग्रता

SHARE:

काठमाडौं । ५२ स्थानका लागि शनिबार सम्पन्न उपनिर्वाचनको परिणाम आउनेक्रम जारी छ । ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा भएको उपनिर्वाचन अन्तर्गत स्थानीय तहका वडाहरुको नतिजा आइरहेको छ भने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ । जारी मत गणनाको पछिल्लो परिणाम अनुसार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा अगाडि देखिएको छ ।

स्थानीय तहका धेरै वडामा नेकपाले जितेको छ भने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पनि नेकपा अगाडि छ । पछिल्लो मत परिणाम अनुसार २२ स्थानमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी निर्वाचित भएको छ ।

५२ पदमा ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २२, नेपाली काँग्रेसका ११, राष्ट्रिय जनता पार्टी (नेपाल)का तीन र समाजवादी पार्टीका उम्मेदवारले तीन स्थानमा विजय प्राप्त गरेका छन् ।

यस्तै प्रतिनिधिसभा अन्र्तगत कास्की निर्वाचन क्षेत्र नम्बर २ मा पनि मत गणना जारी छ ।

यस्तै प्रदेशसभा अन्र्तगत भक्तपुरमा पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेसाका उम्मेद्वार कृष्ण भडेलले अग्रता लिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!