यमनी हुथी समूहद्वारा युद्धविराम उल्लङ्घन गर्दै एक बर्षमा २१७ नागरिकको हत्या

SHARE:

एडेन । यमनमा हुथी विद्रोहीले संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको युद्धविरामलाई उल्लङ्घन गर्दै एक बर्षमा २१७ सर्वसाधारणको हत्या गरेको यमनको सरकार पक्षधर सुरक्षाकर्मीले मङ्गलबार बताएको छ ।

यमनी सरकार पक्षधर सुरक्षाकर्मीको सञ्चार केन्द्र (जाइन्टस ब्रिगेड) ले दिएको तथ्याङ्कअनुसार यमनको बनदरगाह शहर होडेइडामा युद्धविरामपछि २१७ सर्वसाधारणलाई झडपको नाममा विद्रोहीले हत्या गरेको र दुई हजार १५२ व्यक्ति विद्रोहीको आक्रमणबाट घाइते भएका छन् । राष्ट्रसंघको पहलमा स्टकहोममा युद्धविराम गर्ने सहमति भएको थियो । केन्द्रले युद्धविरामले हुथी विद्रोहीलाई आफ्ना आक्रमणलाई बढाउने मौका दिएको र सर्वसाधारणको सुरक्षामा अपेक्षाकृत प्रभाव नदेखिएको जनाएको छ ।

युद्धविराम उल्लङ्घनका रिपोर्टपछि संयुक्त राष्ट्रसंघले होडेइडा क्षेत्रमा युद्धविराम अनुगमनका लागि आफ्ना, सरकारी र विद्रोहीका प्रतिनिधिलाई त्यहाँ पठाएको छ । उनीहरूले दुबै पक्षका सेना बसेका स्थलहरूनजीकै पाँच केन्द्र राखी अनुगमन गरिरहेका छन् ।

यमनमा चार बर्षदेखि चल्दै आएको युद्धका कारण करिब १० हजार व्यक्तिले ज्यान गुमाएका छन् भने मानिसहरूले आफ्नो सामान्य जीवन अनुसार गतिविधि गर्न नपाउँदा दुई करोडभन्दा बढी नागरिकले शिविरको जीवन बाँच्नु परेको छ । इरानको समर्थन पाएका हुथी विद्रोहीले होडेइडाका अधिकांश भागलाई आफ्नो नियन्त्रणमा राखेका छन् भने साउदी नेतृत्वको गठबन्धन सेनाको होडेइडाका दक्षिणपूर्वी जिल्लाहरूमा उपस्थिति रहेको छ ।

स्टकहोम युद्धविराम सहमति यमनको युद्धविराम अन्त्य गर्दै शान्त एवम् सामान्य राजनीतिक जीवनमा फर्किनका लागि गरिएको पहिलो चरणको सहमति हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!