काठमाडौँ । सर्वोच्च अदालतले बारास्थित निजगढ अर्न्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य तत्कालका लागि यथास्थितिमा राख्न सरकारलाई आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले विमानस्थलको काम तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएको हो। एकल इजलासले दुवैपक्षलाई छलफलका लागि झिकाउदै त्यतिञ्जेल वन काट्ने, निर्माणस्थलबाट बुट्याउन हटाउने लगायतका कुनै पनि काम अघि नबढाउन भनेको छ ।
यथास्थितिमा विमानस्थल निर्माण अघि नबढाउन माग गर्दै पूर्वसचिव द्वारिकानाथ ढुंगेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी र प्रभु बुढाथोकीले रिट दायर गरेका थिए। सोही रिटको सुनुवाइ गर्दै सर्वोच्चले आदेश दिएको हो।






