एटा संवाददाता
लन्डन । एनआरएनए यूकेको बैठकले प्रवक्तामा रामकुमार गुरुङलाई मनोनयन गरेको छ ।

गत आइतबार ८ डिसेम्बरका दिन अल्डरसटस्थित एम्पायर हलमा बसेको बैठकले रामकुमारलाई प्रवक्ता र हेम गुरुङ, ह्यारी गुरुङ, डा. मिन रानाभाट, धनबहादुर सार्की लगायतलाई कोअप सदस्यमा चयन गर्ने निर्णय गरेको हो ।
त्यस्तै, बैठकले एनआरएनए यूकेलाई अझ माथि पुर्याउनका लागि विभिन्न विभागहरु गठन गरेको छ । त्यस्तै, सल्लाहकारहरु चयन गर्नका लागि अध्यक्ष पुनम गुरुङलाई जिम्मेवारी दिइएको महासचिव फडिन्द्र भट्टराईले जानकारी दिए ।
चारैवटा राज्य परिषद्का अध्यक्षहरुको उपस्थिति रहेको बैठकले पदाधिकारीहरुलाई विभिन्न विभागको जिम्मेवारी प्रदान गरेको छ ।
एनआरएनए यूके अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा बसेको बैठकलाई महासचिव फडिन्द्र भट्टराईले सञ्चालन गरेका थिए ।






