टोखाको प्रज्ञान एकेडेमीमा मंसिर २८ गते निःशुल्क स्वास्थ्य शिविर

SHARE:

एटा संवाददाता

काठमाडौं । टोखा नगरपालिका ३ गोंगबु, धमलटारमा यही मंसिर २८ गते शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

प्रज्ञान एकेडेमी र जनकल्याण सामाजिक केन्द्रको संयुक्त आयोजनामा स्वास्थ्य शिविर हसन लागेको हो । शिविरमा मधुमेह, स्त्री रोग, नाक ,कान घाँटी, ई.सी.जी. लगायत रोगको विशेषज्ञ चिकित्सकबाट परीक्षण हुने प्रज्ञान एकेडेमीका अध्यक्ष महेश पाण्डेले जानकारी दिए । उनका अनुसार शिविरमा सहभागी बिरामीलाई औषधि समेत वितरण हुने छ ।

स्वास्थ्य शिविर बिहान १० देखि दिउँसो २ बजेसम्म चल्ने अध्यक्ष पाण्डेले बताए । स्वास्थ्य शिविरमा सहभागी भई लाभान्वित हुन टोखावासी र विद्यालयका विद्यार्थी, अभिभावक लगायतमा उनले आग्रह गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!