सिन्धुपाल्चोकको सुनकोशीमा बस दुर्घटना, १५ जनाको मृत्यु

SHARE:

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ छ किलोमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।

दोलखाको कालिन्चोक मन्दिर दर्शन गरेर काठमाडौं फर्केका यात्रु चढेको बा ४ ख ४४६८ नम्बरको रिजर्भ बस लामोसाँघु-जिरी सडक खण्डको छ किलोमा आइतबार बिहान सडकबाट ५ सय मिटर तल खस्दा १५ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । दुर्घटनामा ९ महिला, ३ पुरुष, एक बालिका र दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका ७ का २८ वर्षका सुकबहादुर तामाङ, ७ वर्षकी सविना तामाङ, १५ वर्षकी रोशनी तामाङ, २८ वर्षकी मञ्जु तामाङ, ३० वर्षकी रेशमा तामाङ, सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका ४ कि ५५ वर्षकी गंगामाया लामा, बलेफी गाउँपालिका ७ कि ३५ वर्षकी फूलमाया तामाङ रहेका छन् ।

त्यस्तै दोलखाको सैलुङ गाउँपालिका ६ का १० वर्षका रजित बस्नेत र ३२ वर्षकी चिनु बस्नेत, भीमेश्वर नगरपालिका ९ की ४२ वर्षकी लक्ष्मी श्रेष्ठ, रामेछापको उमाकुण्ड गाउँपालिका ४ का २४ वर्षका महेश तामाङ, काभ्रेको बेथान गाउँपालिका ५ का ३६ वर्षका रामशरण खत्री, ३५ वर्षकी मैयाँ केसीको पनि मृत्यु भएको छ । दुई जनाको भने नाम र ठेगाना नखुलेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइतेमध्ये १४ जनाको काठमाडौंको ह्याम्स अस्पताल, २ जनाको काठमाडौं मेडिकल कलेज, ३ जनाको धुलिखेल अस्पताल र एक जनाको सिन्धुपाल्चोक खाडीचौरको सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!