काठमाडौं । प्रज्ञान एकेडेमी र जनकल्याण सामाजिक केन्द्रले मधुमेह, मुटु रोग, नाक, कान, घाँटी तथा स्त्री रोग सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर गरेका छन् ।
शनिबार टोखा नगरपालिका ३, गोगंबु धमलटारमा आयोजना गरिएको शिविरमा १ सय २० जनाले स्वास्थ्य परीक्षण गराएका प्रज्ञान एकेडेमीका अध्यक्ष महेश पाण्डेले जानकारी दिए । उनका अनुसार शिविरमा बिरामीहरुलाई निःशुल्क औषधि वितरण गरिएको थियो ।
करिब ३ सय जना सहभागी शिविरमा सुवास गौतम, अकुपञ्चर विशेषज्ञ रविनलाल श्रेष्ठ लगायत १० जना चिकित्सकले सेवा दिएका थिए ।
अध्यक्ष पाण्डेले नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न सहयोग गर्ने तथा उपस्थित सबैमा हार्दिक आभार प्रकट गरेका छन् ।
त्यस अवसरमा बाह्रौं उद्घोषण तालिम समापन पनि गरिएको थियो ।


















