त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित

SHARE:

काठमाडौं । बाक्लो हुस्सु र कुहिरोका कारण उडान प्रभावित भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुहरुको चाप बढेको छ । समयमा उड्न नपाएपछि यात्रुहरुको निराश देखिन्छन्थे । शनिबार बिहान केही समय भएको माउन्टेन फ्लाइट पनि फेरि बन्द गरिएको थियो ।

उडानको पर्खाइमा रहेका यात्रुहरुका कारण आन्तरिक टर्मिनलको बिश्राम कक्ष भरिभराउ भए । उनीहरुलाई शौचालय जानसमेत लाइन लागेर पालो पर्खिनु पर्ने बाध्यता बन्यो ।

मौसम विज्ञान विभागका अनुसार धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा, जनकपुर, विराटनगर लगायतका क्षेत्रमा हुस्सु र शितलहरको अवस्था रह्यो । दिउँसोबाट भने हुस्सु कुहिरो हट्दै गएपछि उडान सूरू भयो ।

आगामी २४ घण्टासम्म तराईका भूभागहरुमा राम्रोसँग घाम नलाग्ने भएकाले तापक्रममा गिरावट आउने पूर्वानुमान छ । त्यसैले चिसोबाट बच्ने उपायहरु अपनाउन मौसमविदले सबैलाई सुझाव दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!