‘सिद्धबाबा’ भनिने कृष्णदास गिरी धरौटीमा रिहा

SHARE:

सुनसरी । आफ्नै अनुयायीमाथि यौन दुर्व्यवहारको अभियोग लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरी धरौटीमा रिहा भएका छन् ।

सोमबार जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले उनलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । गिरीको मुद्दामा सोमबार थुनछेक बहस सकिएसँगै अदालतले उक्त आदेश दिएको हो ।

सोमबार प्रतिवादी गिरीका तर्फबाट अधिवक्ता मोहन कोइराला र रूपेश कोइरालाले थुनछेक बहस गरेका थिए । थुनछेक बहस आइतबारदेखि सुरू भएको थियो ।

गिरीलाई विराटनगरस्थित विराट नर्सिङहोमबाटै एम्बुलेन्समा राखी अदालतमा उपस्थित गराइएको थियो ।

उनले आफूमाथिको आरोप अस्वीकार गर्दै आएका थिए ।

सुनसरीको चतरास्थित आश्रमका गिरीविरुद्ध आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गएको मंसिर १६ गते विराट नर्सिङहोमको ‘आइसीयु’कक्षबाटै पक्राउ गरेको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी विराट नर्सिङहोममा उपचाररत् थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!