इस्वी सन्‌ नयाँ वर्ष २०२० सुरु

SHARE:

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार बुधबारदेखि नयाँ वर्ष इस्वी सन् २०२० सुरु भएको छ ।

जिसस क्राइस्टलाई फाँसी दिएपछि उनी जन्मिएको वर्षलाई आधार मान्दै इस्वी सन्को सुरुआत भएको मानिन्छ । जसलाई पोप गेगोरीले जुलियन पात्रोअनुसारको सन्लाई प्रतिस्थापन गर्दै इस्वी सन्लाई स्थापित गरेका थिए । पोप ग्रेगोरीले प्रचलनमा ल्याएको पात्रो भएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रशियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन् ।

विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । कहिलेकाहीँ इस्वी संवत् नै प्रचलनमा ल्याउने चर्चा पनि हुने गरेको छ ।

केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीड भाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरालगायत स्थान र विश्वभर ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ ।

ग्रेगोरियन पात्रोमा सौरमासको गणना हुने तर चान्द्रमासको गणना नहुने भएकाले ज्योतिष शास्त्रानुसार यो वैज्ञानिक नभएको यसको अनुसन्धानमा लाग्नुभएका डा शास्त्रदत्त पन्त बताउँछन् ।

विज्ञानमा विश्वास गर्ने भनिएका पश्चिमा देशले एक व्यक्तिले भिटो प्रयोग गरेर प्रचलनमा ल्याएको पात्रोलाई मान्यता दिनु धार्मिक अन्धविश्वासको निरन्तरता भएको डा पन्तको भनाइ छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!