मन्त्रिपरिषद्ले गरेका १४ निर्णयमा के के छन् ?

SHARE:

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को पुस १४ गते बसेको बैठकको निर्णय सार्वजनिक भएको छ ।

बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सिंहदरबारमा पत्रकार सम्मेलन गरेर बैठकका निर्णय सार्वजनिक गरेका हुन् । १४ गतेको बैठककले ऋण असुली न्यायाधीकरणको रिक्त बैंकिङ सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । उनलाई ५ वर्षका लागि पुनः नियुक्त गरिएको हो ।

यस्तै गैरकानुनी रुपमा नेपालमा बस्दै आएका इजिप्टका ४ जना नागरिकलाई देशनिकाला गर्ने, राष्ट्रिय मानवअधिकार आयोगको सिफारिसमा १३ जना व्यक्ति तथा परिवारलाई आर्थिक सहायताबापत १२ लाख उपलब्ध गराउनेलगायतका १४ वटा निर्णय भएको छ ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!