फोटो पत्रकार मिलन सम्मानीत

SHARE:

एटा संवाददाता
लन्डन । विगत लामो समयदेखि बेलायतमा क्रियाशील फोटो पत्रकार मिलन तमु सम्मानीत भएका छन् ।

फोटो पत्रकारितामार्फत समाजसेवामा आफूलाई जोड्दै आएका तमुले तमुधिं यूकेको नेतृत्वमा सन् २०१८ मा क्होलासोंथर अध्ययन भ्रमण जाने क्रममा गुरुङहरुको रमणीय गाउँ ताङतिङमा अवस्थित कोइँबो धिं र नौंजे पैंगिलामा महायान बौद्ध गुम्बालाई ५०/५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए । सो अध्ययन भ्रमणको क्रममा गुरुङहरुको संस्कार संस्कृतिका धनी र प्राकृतिक छटाले सुन्दर लमजुङको घलेगाउँ, भुजुङ र कास्कीको सिक्लेस र तान्तिङ गाउँसमेत भ्रमण गर्ने क्रममा सो कोइम्बो धिं र गुम्बालाई उनले सहयोग गरेका थिए ।

उनले गरेको सहयोगको नौंजे पैंगिलामा महायान बौद्ध गुम्बाले बेलायत पठाएको प्रशंसापत्र गत शुक्रबार १० जनवरीका दिन सोही बौद्ध गुम्बाका संस्थापक अध्यक्ष पूर्वरापस नन्दजङ गुरुङले उनलाई अल्डरसटमा हस्तान्तरण गरेका हुन् । हाल उनी आप्mनो छोरा तर्कजंग गुरुङसँग बेलायत बस्दै आएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!