मोनाको वार्षिक साधारणसभा सम्पन्न

SHARE:

लालबहादुर पुन
लन्डन । म्याग्दी अर्गनाइजेसन (मोना) यूकेको साधारणसभा सम्पन्न भएको छ । गत १८ जनवरी २०२० शनिबारका दिन अल्डरसटस्थित एम्पायर हलमा विविध कार्यक्रमका साथ छैठौ कार्यसमितिले पहिलोपटक आयोजना गरेको बार्षिक साधारणसभा सम्पन्न भएको हो ।

मोना यूकेका अध्यक्ष दल जुग्जाली, वरिष्ठ ट्रष्टी अम्मर मल्ल र प्रमुख अतिथि एवं मोना यूकेका पूर्व अध्यक्ष लेप्टेन क्युजिओ रेशम शेरचनले दिप प्रज्ज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए । करीब ८० जनाको उपस्थिति रहेको कार्यक्रममा केन्द्रिय मोना यूकेका कार्यकारी सदस्य समिति, मोना यूकेका संस्थापक अध्यक्ष दलमान पुन, ट्रष्टी एवं रस्मुर बरो काउन्सिलका काउन्सिलर प्रवेश केसी, म्याग्दी अन्तर्राष्ट्रिय प्रवासी संघका पूर्व अध्यक्ष प्याट्रन योगेन्द्र क्षेत्री, मोना यूकेका सल्लाहकार, मोना यूकेका विभिन्न गाउँ, समाज, गाउँपालिका अध्यक्ष तथा प्रतिनिधि, मोना यूकेका महिला अध्यक्ष तथा प्रतिनिधि, मोना युथ र सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

म्याग्दी अर्गनाइजेसन (मोना) यूकेको बार्षिक बैठक शुरुवातमा मोना यूकेबाट गएका वर्षमा स्वर्गीय भएका ८ जना सक्रिय सदस्य तथा २ सामान्य सदस्यहरुको १ मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो । कार्यक्रममा मोना यूकेका नव निर्वाचित सहकोषाध्यक्ष कौशिला थापा र ट्रष्टी श्रीमती धना रोकालाई औपचारिक खादा र प्रमाणपत्र सहित बधाई दिएका थिए । त्यस्तै, पुन समाज यूकेको छैठौ कार्यसमितिबाट हालै अध्यक्षमा चयन भएका मोना यूकेका पीआर सल्लाहकार धन पुन र हालै पुत्रलाभ भएका मोना यूकेका ट्रस्टी काउन्सिलर प्रवेश केसीलाई खादा तथा फुलको गुच्छा लगाई बधाई दिएका थिए ।

कार्यक्रममा मोना यूके अन्र्तगत मंगला गाउँपालिका सचिव ईन्जिनियर तेजेन्द्र रोका एनआरएनए यूकेको कोषाध्यक्ष र मोना यूकेका पूर्व अध्यक्ष योग कुमार फगामी एनआरएनए आईसीसी सदस्यमा चयन भएको, काउन्सिलर प्रवेश केसी र बिमा समाज यूकेका अध्यक्ष कृष्ण जुग्जाली तथा उनको कार्यसमितिलाई मोना यूकेले शुभकामना साँझ कार्यक्रममा औपचारिक रुपमा सम्मान गरिने मोना यूकेका महाससचिब पुनले जानकारी दिए ।
सो साधारणसभामा मोनाका महासचिब लालबहादुर पुनले मोना यूकेको बार्षिक प्रतिबेदन र कोषाध्यक्ष पदम गर्बुजाले संस्थाको आयव्यय प्रस्तुत् गरेका थिए । त्यस्तै, मोना यूकेका सदस्य सचिब टकलाल पुनले आजिवन सदस्य, क्रियाशिल सदस्य र साधारण सदस्यहरुको बिषयमा प्रकाश पार्दै स्वर्गिय क्रियाशिल सदस्यहरुको कोरा मानाको जानकारी गराएका थिए । त्यस्तै, मंगला गाउँपालिकाका सचिव इन्जिनियर तेजेन्द्र रोका, मालिका गाउँपालिकाका सचिव साम गुरुङ, धौलागिरी गाउँपालिकाका सचिव तारा रोका र रघुगङ्गा गाउँपालिकाका सचिव राम पुनले आ–आफ्नो गाउँपालिकाको प्रतिवेदन प्रस्तुत् गरेका थिए भने बेनी नगरपालिकाका सचिब किशान जिसी र अन्नपूर्ण गाउँपालिकाका सचिव तिलक पुनले उपस्थित हुन नसके पनि उनीहरुले आ–आप्mनो प्रतिबेदन पठाएका थिए । उक्त प्रतिवेदनहरुलाई मोना यूकेका महासचिबले पढेर सुनाएका थिए । मोना महिला प्रतिबेदन तथा मोना युथ प्रतिवेदन महासचिव पुनले संक्षिप्त जानकारी सहित अघि बढेको थियो । मोना युथका अध्यक्ष अनिल मल्ल र महिला मोना यूकेबाट अध्यक्ष लिला पुनले आ–आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत् गर्दै महासचिबको प्रतिवेदनलाई समर्थन गरेका थिए ।

बैठकमा मोना यूकेका उपाध्यक्ष कुमार फगामीले २५ अप्रिलमा मोना यूकेले आयोजना गर्न लागेको शुभकामना साँझ र उक्त कार्यक्रमको खर्च कटौती गर्ने बारे जानकारी दिए । त्यस्तै, अर्का उपाध्यक्ष होम रोकाले २० जुनमा हुन लागेको तेस्रो मोना भलिबलमा मुख्य संयोजकको रुपमा आपूmलाई बैठकले अनुमोदन गरेकोमा धन्यवाद दिदै र मोना युथ संग नजिक भएर काम गर्न पाउँदा खुसी ब्यक्त गरे । यो वर्ष मोना तेस्रो भलिबल प्रतियोगितामा भेटरेनका लागि नगद पुरुस्कार बढाईने र धेरै महिला टिमको सहभागिताका लागि ब्रिटिश आर्मीका पल्टनहरुमा निमन्त्रणा पठाइने बताए ।

बार्षिक साधारणसभाको अन्तिम प्रतिबेदनमा मोना यूकेका अध्यक्ष दल जुग्जालीले अक्टोबरमा भएको म्याग्दी अन्तर्राष्ट्रिय प्रवासी संघको महाधिवेशनको संक्षिप्त जानकारी गराउदै मोना यूकेले दिएको ३ वटा एम्बुलेन्स र १० लाख अक्षयकोषको बारे, वाई फाई फण्डको बिषयमा तथा डा.महाबिर पुनद्वारा संचालित राष्ट्रिय आविष्कार केन्द्रका लागि उठेको ६ लाख ६३ हजार ७४० रुपैया बुझाइएको, मोना यूकेको तर्फ देखि लभली हिलमा १ लाख र मोना यूकेका संस्थापक अध्यक्ष दलमान पुन र बर्तमान मिडिया सहसचिब बागबिर पुनद्वारा अरबमा जन्मकैंदमा रहेका म्याग्दी दिच्चमका राजकुमार निउरे उद्दार अभियानमा उठेको ३ लाख रुपैया हस्तान्तरण गरेको जानकारी दिएका थिए । अध्यक्षको प्रतिवेदनमा म्याग्दी अर्गनाईजेसन (मोना) यूकेलाई भविष्यमा एउटा घर किन्ने योजना रहेको समेत उल्लेख गरिएको छ ।

अन्य बिषयको बृहत छलफलमा म्याग्दी अर्गनाइजेसन (मोना) यूकेको विधान टिमका संयोजक ट्रष्टी अम्मर मल्ल र विधान सचिव बिमा समाज यूकेका अध्यक्ष कृष्ण जुग्जालीले संचालन गरेको छोटो अन्तरक्रियामा विधानमा परिवर्तन समेत गरियो ।

उक्त साधारणसभामा मोना यूकेका पूर्व अध्यक्ष ले. क्युजिओ रेशम शेरचनले शुभकामना मन्तब्यको क्रममा केन्द्र र गाउँपालिका सचिवहरुले नयाँ ढंगबाट प्रतिबेदन प्रस्तुत् गरेकोमा खुसी व्यक्त गरे ।

म्याग्दी अर्गनाइजेसन (मोना) यूकेका अध्यक्ष दल जुग्जालीको अध्यक्षतामा सम्पन्न बार्षिक बैठकलाई उपाध्यक्ष लिला पुनले स्वागत मन्तव्य राखेकी थिइन् भने महासचिव लाल पुनले औपचारिक कार्यक्रमको सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!