प्लास्टिक प्रदूषणले निम्त्याउन सक्ने प्रलय

SHARE:

बिजय हितान
प्लास्टिक प्रदूषण पड्किन तयार एक एटम बमजस्तै हाम्रोसामु लम्पसार परेको छ । यसको प्रत्यक्ष प्रभाव विशेष गरेर समुद्र र सामुन्द्रिक जिवजन्तुलाई परेको देखिन्छ । मानव सिर्जित प्लास्टिक अनि अन्य फोहोरमैला हुरिबतास र वर्षात्को भेलले बढारेर खोलानाला अनि नदीहरु हुँदै सागरसम्म पुग्दा निलो सागर आज एक डम्पिङ ग्राउन्ड बनेको छ । यो क्रम जारी रहे स्वछन्द सागर एक दिन बिष कुन्ड हुन के बेर ?

समुद्रमा बगेर जाने सबैखाले फोहोरमैलामध्ये प्लास्टिक फोहोरमैलाको मात्रा ८०५ भएको अनुमान छ । यसलाई नियन्त्रण नगरे सागरमा माछा, व्हेल, सिल, डल्फिन होइन प्लास्टिकैप्लास्टिक तैरिएको देख्न हामीले धेरै दिन कुर्नपर्ने छैन । प्रदूषणको प्रभाव हाम्रै घरआँगन नजिकै नदेखिए पनि यसको दीर्घकालीन प्रभावबाट मानव अछूतो भने अवश्य रहने छैनांै । हाम्रो सम्बन्ध जसरी आकाशसँग नजिक छ त्यसरी नै नदी र सागरसँग पनि छ । वायुमण्डल दूषित बन्दा हाम्रो श्वासप्रश्वासमा प्रत्यक्ष असर पर्छ । त्यसरी नै समुद्र मेलो हुन जाँदा सामुन्द्रिक प्राणीको आहारा तथा श्वासप्रश्वास प्रक्रियामा नकारात्मक असर पर्न जान्छ । हामी समुद्रमा पाइने प्राकृतिक स्रोतसँग यति आश्रित छौं कि ती स्रोत लगातार हामीलाई उपलब्ध हुन नसके हाम्रो बाँच्ने अवस्था नै रहँदैन ।

यसर्थ प्लास्टिक प्रदूषणले मानव जातिमा पार्नसक्ने दीर्घकालीन असर बिकराल देखिन्छ । अब पनि प्लास्टिक प्रदूषणको रोकथाममा केही नगरे यसको जोखिम यस धरतीमा हामीले भोग्दै आएका अन्य समस्याहरु जस्तैः अम्ल वर्षा, ओजोन तहमा छिद्र, जलवायु परिवर्तन, बनजंगलको विनाश, जैविक विविधतामा ह्रास इत्यादिको भन्दा कम हुनेछैन ।
प्लास्टिकका सामाग्री प्रयोग गरेर फाल्दा तिनीहरु किन वातावरणको लागि हानिकारक हुन्छन् भनेर बुझ्नको लागि पहिला प्लास्टिक कसरी बन्छ भन्ने कुरा जान्न जरुरी देखिन्छ । प्लास्टिक उत्पादनमा आवश्यक कच्चा पदार्थ पेट्रोल, प्राकृतिक ग्यास र कोइलाबाट प्राप्त हुन्छ । यी वस्तुबाट विशेष रसायनलाई छुट्ट्याएर निकालेपछि अन्य मानवनिर्मित रसायनसँग यसको मिश्रण गरेपछि प्लास्टिक बन्दछ । धातु तथा माटाका भाँडा, ऊन् तथा कपासका कपडा, रुखका बोक्रा र चोपबाट उत्पादन गरिने कागज जस्तै प्लास्टिकजन्य सामानहरु मानवीय विकासका महत्वपूर्ण उपजहरु हुन । तर, प्लास्टिक रसायनको आणविक संरचना अन्य पदार्थको भन्दा भिन्न हुनाले सजिलै सडेर नजाने यसको विशेषता हुन्छ । त्यही विशेष आणविक बनोटले प्लास्टिकलाई लचकदार, हलुङ्गो र लामो समय टिक्न सक्ने बनाउँछ ।

सामुन्द्रिक जिवजन्तुलाई प्लास्टिक फोहोरले बिभिन्न किसिमले असर पार्दै आएको छ । प्लास्टिकले तिनिहरुलाई अल्झाउने गर्छ । बिशेष गरेर माछा मार्ने पुराना जालमा यिनिहरु अड्किने गर्दछन । प्लास्टिकका झोला तथा त्यान्द्राहरु ति जिवका आङमा अल्झिने गर्छन । प्लास्टिकको फन्दामा परेर ज्यान गुमाउनेमा सामुन्द्रिक चराहरु पनि अछुतो छैनन । १६ ५ सामुन्द्रिक चराहरु प्लास्टिकका फोहोरमा अल्झिएको तत्थ्याङ्कले जनाउँछ ।

त्यसैगरी प्लास्टिकका ससाना टुक्राहरु मुख र गलफडाद्वारा सामुन्द्रिक जीवजन्तुको शरीरभित्र पसेको पाइएको छ । समुन्द्रको तटमा मरेका व्हेलका पेटमा ठूलो मात्रामा प्लास्टिक भेटिएको छ । व्हेल आफ्नो थुन्सेभन्दा पनि ठूलो मुख पानीमा फट्टाउँदै आहारा लिन्छ । यसरी स्यानो माछाको साथै पानीमा रुमलिएका प्लास्टिक पनि उसको आहारा न बन्ने कुरै भएन । कुनैकुनै कछुवाले जेलिफिस खाएर बाँच्दछन् । तैरिरहेको प्लास्टिकका त्यान्द्रासित जेलिफिस भनी झुक्किएर होला तिनका पेटमा प्लास्टिक भेटिएको छ । प्लास्टिक भुँडीभित्र पसेर आन्द्रामा अड्किँदा पाँचनक्रियामा असर परेर तिनीहरुको मृत्यु भएको अध्ययनहरुले देखाएको छ । यसरी ७५५ सामुन्द्रिक चराको जीवनकालभरी कुनै न कुनै प्रकारको प्लास्टिक शरीरभित्र पसेको पाइएको छ ।

पाँच ट्रिलिएन प्लास्टिक फोहरका टुक्रा समुद्रमा तैरिरहेको अनुमान गरिन्छ । प्लास्टिक तैरने र छालले सजिलै बगाएर पृथ्वीको एक कुनादेखि अर्को कुनामा पु¥याउने चिज हो । प्लास्टिकका बोतल तथा डिब्बाहरुमा विभिन्न किसिमा सामुन्द्रिक जीवले घर बनाएर बसेको पाइएको छ । यसैको फाइदा लिएको देखिन्छ आक्रमक प्रजातिका केही जीवहरुले । यसरी अरुको बासस्थानमा तैरिँदै तैरिँदै गएर त्यहाँको रैथाने प्रजातिको जीवलाई विस्थापित गरेको घटना जीव वैज्ञानिकहरुले पत्ता लगाएका छन् । यसो हुँदा राम्रा प्रजाती लोप हुने र नराम्रा प्रजाती फैलिने सम्भावना बढेको देखिन्छ जो सन्तुलित इकोसिस्टममा खलल पुग्नु हो ।

प्लास्टिक प्रदूषणले सामुन्द्रिक जीवलाई सीधैं मार्नेमात्रै होइन, तीनको बासस्थानलाई नष्ट पनि पार्ने गरेको देखिन्छ । प्लास्टिक फोहोर लामो समयपछि घामपानी र सामुन्द्रिक छालको उतारचढाबले खिइन गई सुक्ष्म कणहरुमा परिणत हुन्छन् । कति प्लास्टिकका कणहरु ढल प्रशोधन स्थलबाट पनि समुन्द्रमा मिसिएका हुन्छन् । जसरी धुलाका कण पूmलका कोपिलामा बस्दा तिनलाई असर पर्छ त्यसरी नै प्लास्टिकका मसिना कणहरु कोराल रिफमा जम्मा हुँदा तिनीहरु मरेर जान्छन् । यसरी कोराल रिफलाई जलवायु परिवर्तनले मात्रै नभई प्लास्टिक प्रदूषणले पनि असर पारेको देखिन्छ । जसरी रेन फोरेस्ट जमिनमा बस्ने प्राणीको लागि अति राम्रो बासस्थान हो त्यसरी नै कोराल रिफ सामुन्द्रिक जीवको लागि अति महत्वपूर्ण बासस्थान हो ।

हामी मान्छे इकोसिस्टमको आहारा सिक्रीमा सबैभन्दा माथि छौं । प्लास्टिकका कणहरु माछाका शरीर छेदन गरेर तिनका कोषिकामा पसिसकेको अवस्था छ । माछालाई हामीले खाँदै आइरहेका छौं । मलाई लाग्छ ती विशालु प्लास्टिक हाम्रो शरीरभित्र पसिसकेको हुनपर्छ । तर, यो विषय अलि नौलो भएकोले मानिसमा यसको असर बारेमा वैज्ञानिकहरु अध्ययन गर्दै गरेका छन् ।

वातावरणमा प्लास्टिकजन्य फोहोरमैलाले पार्ने प्रतिकूल असरलाई न्युन गराउन केही उपायहरु अपनाउन सकिन्छ । सर्वप्रथम प्लास्टिकका वस्तुहरु सजिलै सड्ने प्रकृतिका बनाउन सकिन्छ । यस क्षेत्रमा सरकार र उद्योगकर्मीहरु सहकार्य गर्दै बायोडिग्रेडेबल सामग्रीहरु उत्पादन गर्ने प्रविधि अध्ययन गरिँदैछ । वर्षेनी संसारमा ३०० मिलियन टन प्लस्टिक उत्पादन हुन्छ । यसमध्ये ८ मिलियन टन प्लास्टिक फोहोर समुद्रमा मिसिन गएको विज्ञहरु बताउँछन् ।

हाम्रो जीवनमा प्लास्टिकको प्रयोग कम गर्नाले पनि यसले पार्ने नकारात्मक असरलाई पन्छाउन सकिन्छ । प्लास्टिकले नबेरेको जिनिस त भेट्नै छोडियो । ५०५ प्लास्टिकको प्रयोग एकचोटी मात्रै गरिन्छ रे, त्यो पनि केही सेकेन्डसम्मको लागि मात्रै । त्यसपछि फालिन्छ । संसारमा प्रत्येक मिनट १ मिलियनभन्दा बढी प्लास्टिक ब्यागको प्रयोग हुन्छ । कयौं देशमा प्लास्टिकका झोला प्रयोग गर्नबाट प्रतिबन्ध लगाइएको छ भने कति देशमा अतिरिक्त कर लगाएर यसको प्रयोगलाई सीमित तुल्याइएको छ । यसरी सरकारले पनि आवश्यक कानुन बनाएर यसको प्रयोगमा नियन्त्रण ल्याउन सक्छ । विशेष गरेर हामी उपभोक्ता नै सजक भएर वैकल्पिक वस्तुहरुजस्तै कपडा तथा कागजका झोला र सिसाका बोतल प्रयोग गर्नतिर लाग्दा राम्रो हुन्छ ।

यसको उचित रिसाइकलिङको व्यवस्थापन गरिनुले पनि प्रभावकारी भूमिका खेल्छ । केही युरोप र अमेरिकाजस्ता सम्पन्नशाली मुलुकहरुमा मात्रै फोहोर व्यवस्थापनको सुविधा राम्रो छ । प्लास्टिक सामग्रीको माग निक्कै बढेको छ । विगत एक शताब्दीभरी उत्पादन गरेको प्लास्टिक गत १० वर्षमै गरिएको छ । प्लास्टिकको अत्यधिक उत्पादन र खपत भारत, चाइना र इन्डोनेसियामा भएकोले इन्डियन ओसियन र साउथ चाइना सि वरिपरि प्लास्टिक प्रदूषणको घनत्व बढी भएको पाइएको छ ।
यसरी जनजागरण फैलाएर, सर्वसाधारणलाई चेतना दिलाएर, प्लास्टिक फोहरमैला व्यवस्थित बनाएर, आवश्यक नीति नियम तर्जुमा गर्दै यसलाई प्रभावकारी ढङ्गले लागू गरेर अगाडि बढे प्लास्टिक प्रदूषणलाई रोक्न सकिन्छ । प्लास्टिक प्रदूषणको समस्या नौलो तर अति घातकसिद्ध हुने भएकोले यस वर्षको विश्व वातावरण दिवसमा पनि ‘सड्दै नसड्ने, प्लास्टिक प्रदूषणसँग, हामी अब लड्ने’ नाराका साथ मनाउने योजना छ ।

यसै सन्दर्भमा बेल्पाली साहित्यकार पनि लन्डनमा इको कविता, गीत, गजल, मुक्तक इत्यादीका साथ जुन ३ का दिन एक इको गोष्ठीमा भेला हुँदैछन् ।
(लेखक वातावरणविद् साथै इको साहित्यकार हुन् । उनले एक दशकदेखि आफ्ना लेख, रचनामार्फत र अर्थ आवर र विश्व वातावरण दिवसजस्ता कार्यक्रम गरेर बातावरणसम्बन्धी जनचेतना फैलाउँदै आएका छन् ।)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!