
काठमाडौं । टर्कीको पूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा २९ जनाको मृत्यु भएको छ । एक हजारभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
शुक्रबार एलाजिग प्रान्तको सिभ्रिस सहरलाई केन्द्रविन्दु बनाएर ६.८ म्याग्निच्यूडको भूकम्प गएको अधिकारीहरुले जनाएका छन् । भत्किएका भग्नावशेषमा अझै केही व्यक्ति च्यापिएको हुनसक्ने अनुमान गरिएको छ । भूकम्पका कारण सयौं भवनहरुमा क्षति पुगेको छ ।
भूकम्पको धक्का छिमेकी राष्ट्रहरु सिरिया, लेबनान र इरानमा पनि महसुस गरिएको थियो । भूकम्पपछि धेरै पराकम्पनहरु आएकाले मानिसहरु थप त्रसित बनेका छन् ।
टर्कीको उत्तर पश्चिम सन् १९९९ मा गएको भूकम्पका कारण १८ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।






