घाम र जून कृतिको विमोचन, साहित्य महासंघ वेस्ट युके शाखा गठन

SHARE:

सुरेन्द्र इङ्नाम
लन्डन । बेलायतको स्वीन्डन कम्युनिटी हलमा एक समारोहबीच “घाम र जून कृतिको विमोचन साथै विश्व नेपाली साहित्य महासङ्घ, वेस्ट युके शाखा” गठन गरिएको छ ।
कवयित्री नानु रानाद्वारा लिखित कवितासंग्रह घाम जून कृतिको गत १२ मेमा प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरु र स्रष्टाले विमोचन गरेका थिए । विमोचन कार्यक्रम प्रमुख अतिथि स्वीन्डन नागरिक समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार विष्णुप्रसाद गुरुङ र विशेष अतिथि विश्व नेपाली साहित्य महासंघको विश्व केन्द्रीय अध्यक्ष विश्वासदीप तिगेलाले पानसमा बत्ति प्रज्वलन गरी सुरु गरेका थिए ।

कृतिको बारेमा साहित्य महासंघ साउथ युके शाखाका पूर्वअध्यक्ष वातावरणविद् साहित्यकार विजय हितान र जानु काम्बाङले विस्तृत समीक्षा गरे ।
त्यस्तैगरी विशेष अतिथि विश्वासदीप तिगेलाले महासंघ स्थापनाको आवश्यकता र शाखा निर्माणका फाइदाहरु बारेमा बोल्दै शाखा निर्माणको लागि आग्रह गरे ।

कार्यक्रममा स्वीन्डन गोर्खा नेपाली समाजका संरक्षक बल्लव गुरुङ, गोर्खा नेपाली समाजकी महासचिव तथा कवयित्री मनु पाइजा, स्वीन्डन महिला समाजकी निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार विष्णु शिरिष, किरात धर्म तथा साहित्य उत्थान संघ युकेका अध्यक्ष राम थेबे, स्वीन्डन किरात याक्थुङ चुम्लुङका सचिव लाल लिङ्देन, स्वीन्डन गोर्खा नेपाली समाजको साहित्य संयोजक गङ्गा थापाको समेत उपस्थिति थियो ।

कवि जय तामाङ, मनु पाइजा, सेमन्त राईलगायतका एक दर्जनभन्दा बढी सिर्जनाहरु वाचन भएका थिए । कवि तथा गीतकार भरत लोहोरुङ्ग राई, कवि तथा गीतकार सुरेन्द्र इङ्नामले मीठो बाँसुरी धुन सुनाएर सबैलाई मोहित बनाएका थिए ।

कार्यक्रमको दोस्रो सत्रमा “विश्व नेपाली साहित्य महासङ्घ, वेस्ट युके शाखा गठन गरियो । साहित्यकार लालसुन्दर राईको अध्यक्षतामा ८ सदस्यीय समिति चयन गरिएको हो । जसअनुसार उपाध्यक्षद्वय चन्द्रकला थेवे र भरत लोहरुङ राई, महासचिव जानुका काम्बाङ, सचिव गंगा थापा, कोषाध्यक्ष नानु राना, सहकोषाध्यक्ष मनु पाइजा र सदस्यहरुमा क्रमशः जयराम तामाङ र हरि राई चयन भए ।

कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद र विमोचित कृतिका कवयित्री रानालाई बधाई दिँदै अध्यक्ष राईले सभाको बिसर्जन गरे । कार्यक्रमलाई आकर्षक ढंगबाट जानु काम्बाङले सञ्चालन गरेका थिए साथै उनले मुर्चुङ्गा र विनायो पनि बजाएर रोचकता थपेका थिए । यो साहित्य महासंघको युकेमा तेस्रो शाखा हो भने सन् २०१० मा स्थापित यस महासंघका विश्वभर २७ शाखाहरु निर्माण भएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!