
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेता चयन भएका छन् ।
नेकपा संसदीय दलको शनिबार बसेकव् बैठकले प्रधानमन्त्री ओलीलाई दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेको हो । नेकपाका नेता देवप्रसाद गुरुङले प्रधानमन्त्री ओलीलाई दलको नेतामा चयन गर्न गरेको प्रस्तावमा सबै सांसदहरुले समर्थन जनाएका थिए ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकिकरण भएर नेकपाको स्थापना भएपछि संसदीय दलको नेता चुन्नपर्ने बैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री ओली सो पदमा चुनिएका हुन् ।






