पुरुषले पिसाब कसरी गर्ने ?

SHARE:

विविसी । कैयौं संस्कृतिमा बालबालिकालाई केटाहरू उठेर पिसाब फेर्छन् र केटीहरू बसेर पिसाब फेर्छन् भन्ने सिकाइन्छ । तर यो व्याप्त गरिएको धारणामाथि कैयौ मुलुकका स्वास्थ्य अधिकारीहरूले प्रश्न उठाएका छन् । पुरुषहरूले कसरी पिसाब फेर्ने भन्ने कुरा कतिपय सन्दर्भमा स्वास्थ्य र सफाइमा आधारित छन् तर कैयौका लागि यो समान अधिकारको विषय पनि हो । त्यसो भए को सही हो ? महत्त्वपूर्ण रूपमा पुरुषका लागि वास्तवमा पिसाब फेर्ने सही तरिका कुन हो? धेरै पुरुषका लागि उठेर पिसाब फेर्नु त्यति सजिलो नहुन सक्छ । त्यो छिटो र व्यवहारिक छस् सार्वजनिक शौचालयका बाहिर हेर्नुहोस् त, पुरुषहरू भित्र जान्छन् र बाहिर निस्किहाल्छन् । पुरुषहरूले छिटो शौचालयबाहिर निस्कन सक्नुका कारण यी हुन सक्छन् ।
१. पुरुषहरूले लुगाका थुप्रै तह फुकाल्न पर्दैन ।
२. र, युरिनलहरूले क्युबिकल भन्दा कम ठाउँ लिन्छन् ।
तर विशेष अध्ययन गरेकाहरूका अनुसार पिसाब फेर्ने बेलामा पुरुषहरूले शरीर कस्तो पारेका छन त्यसले पिसाब कति मात्रामा बाहिर निस्कन्छ भन्ने निर्भर गर्छ ।

पिसाब कसरी बाहिर निस्कन्छ
पिसाब थैली दुई तिहाइ भरिएपछि मान्छेहरूले पिसाब फेर्छन् तर बल गरेर पिसाब गर्न पर्दैन । हामी कसरी पिसाब फेर्छौ भन्ने हेरौ न । हाम्रो मृगौलाले रगतबाट फोहोर छानेर पिसाब उत्पादन गर्छ । त्यसपछि यो पिसाबथैलीमा जम्मा हुन्छ । पिसाबथैलीमा पिसाब जम्मा हुन सक्ने भएकाले नै हामी शौचालय जाने चिन्ता धेरै नगरीकन आफ्ना दैनिक काम गर्न सक्छौँ र रातमा निदाउन सक्छौ । पिसाबथैलीको क्षमता ३०० देखि ६०० मिलिलिटरको हुन्छ । त्यो जब दुई तिहाइ भरिन्छ हामी त्यो खाली गर्न चाहन्छौ । पिसाबथैली सम्पूर्ण रूपमा खाली गर्न स्वस्थ्य स्नायु नियन्त्रण प्रणाली चाहिन्छ जसले हामीलाई शौचालय जान आवश्यक भएपछि जनाउ दिन्छ र यदि तत्काल जान सकेनौ भने पिसाब रोकेर बस्न पनि सक्छ । हामी जब सहज अवस्थामा हुन्छौ, पिसाब थैली वरपरको मांसपेशी खुकुलो हुन जान्छ । त्यसपछि थैली खुम्चिन्छ जुन प्रक्रियामा पिसाब बाहिर निस्कन्छ ।

उठेर गर्ने कि बसेर?
प्रोस्टेटको समस्या भएका पुरुषमा बसेर पिसाब गर्दा पिसाब थैलीमा भएको दबाब कम गर्न मद्दत पुग्न सक्छ । स्वस्थ्य व्यक्तिले पिसाब फेर्न बल गर्नुपर्दैन । तर कहिलेकाही पुरुषहरूमा पिसाब फेर्न अस्थायी रूपमा या स्थायी रूपमा बल लगाउनुपर्ने अवस्था आउन सक्छ । वैज्ञानिक प्रकाशन पीएलओएस वानले गरको एक अध्ययन अनुसार प्रोस्टेट बढेका मानिसहरू (जसले पिसाब फेर्न गाह्रो बनाउँछ) उनीहरूलाई बसेर पिसाब फेरे फाइदा हुन सक्छ । यो अध्ययनमा स्वस्थ्य पुरुषहरू र प्रोस्टेट लक्षण भएका पुरुषहरूबीच तुलना गरिएको थियो ।

प्रोस्टेट लक्षण भएका मानिसहरूमा बसेर पिसाब फेर्दा पैदा हुने एक प्रकारको दबाबले पिसाब फेर्न सजिलो हुने र छिटो हुने पाइएको थियो । तर स्वस्थ्य मानिसमा उठेर या बसेर जसरी पिसाब फेरेपनि कुनै फरक नपर्ने अध्ययनले देखाएको छ ।

तपाईका लागि सही निर्णय के हुन सक्छ ?
यूकेमा न्याशनल हेल्थ सर्भिस एनएचएसले पिसाब फेर्न समस्या भएका पुरुषहरूलाई आरामदायी र शान्त स्थलमा बसेर पिसाब फेर्न सुझाव दिएको छ । तपाईँले बसेर पिसाब फेर्ने पुरुषहरू प्रोस्टेट क्यान्सरबाट बच्न सक्ने र उनीहरूको यौन जीवनमा पनि सुधार आउने कतिपय कथा सुन्नु भएको होला, तर त्यो पुष्टि भएको वा प्रमाणित भएको छैन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!