काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुको धड्कन बढ्ने समस्या देखिएका कारण उपचारका लागि बिहीबार राति त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कोर्डियो भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भर्ना भएका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेकोले शुक्रबार निवास फर्कने जनाइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भइसकेकाले आजै निवास फर्कने जानकारी उनका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाहले जानकारी दिएका हुन् ।
प्रधानमन्त्री ओलीको गत फागुन २१ गते दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।






