कोरोनाबाट इटालीमा एकैदिन ९१९ को मृत्यु, अमेरिकामा सङ्क्रमित १ लाख नाघ्यो, बेलायतमा मृतकको संख्या बढ्दै

SHARE:

जेनेभा । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना सङ्क्रमणबाट इटालीमा एकै दिन ९१९ जना नागरिकको ज्यान गएको बताइएको छ । केही दिनयता यहाँ ज्यान जाने नागरिकको सङ्ख्या बढिरहेको देखिएको छ ।

यो सँगै इटालीमा ज्यान जानेको सङ्ख्या ९ हजार १३४ पुगेको छ । शनिबार बिहानसम्मको यो अवस्थालाई निकै भयावह मानिएको छ । इटाली विश्वमा नै यो सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकले ज्यान गुमाउने देश हो । यहाँ ज्यान जानेमा अधिकांश लोम्बार्डी क्षेत्रका नागरिक छन् । सो ठाउँमा इटालीमा सुरुदेखि नै सङ्क्रमण हुनेको संख्या धेरै नै रही आएको देखिएको छ ।

त्यसैगरी इटालीमा सङ्क्रमण हुनेहरु ८६ हजार ४९८ पुगेका छन् । त्यहाँ पनि प्रतिदिन निकै नै ठूलो संख्यामा नागरिकको ज्यान गइरहेको अवस्था देखिएको छ ।

कोरोना भाइरस संक्रमण फैलिने डरले बन्द खेलमैदान । तस्बिर : मिलन तमु, एभरेस्ट टाइम्स

स्पेन
शुक्रबारमात्र स्पेनमा ७७७ जनाको ज्यान गएको छ । यो सँगै स्पेनमा ज्यान जाने नागरिकको संख्या ५ हजार १३८ जना पुगेको छ । त्यसैगरी इटालीमा सङ्क्रमण हुनेहरु ६५ हजार ४९८ पुगेका छन् । यहाँ ९ हजार ३९७ उपचारपछि घर फर्किएका छन् । यसरी स्पेन कोरोना सङ्क्रमणबाट बढी ज्यान जाने देशमा इटालीपछिको दोस्रो हो ।

अमेरिका
अमेरिका यो सङ्क्रमणको सबैभन्दा धेरै नागरिक सङ्क्रमित हुने देशमा परेको छ । यहाँ अहिलेसम्म १ लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका छन् । यस भाइरसबाट मृत्यु हुने संयुक्त राज्य अमेरिकामा मात्र १ हजार ७०४ जनाको ज्यान गइसकेको छ । त्यहाँको सङ्क्रमण व्यक्तिको सङ्ख्या १ लाख ४ हजार २५६ जना पुगिसकेको छ । यो सङ्ख्या विशेषगरी पछिल्लो हप्तामा मात्र देखिएको हो । यसरी यहाँ निकै द्रूत रुपमा यस सङ्क्रमणको विस्तार भइरहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार संसारभरि ५ लाख ९७ हजार ४५८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरूमध्ये १ लाख ३३ हजार ३७३ जना उपचारपछि घर फर्किएका छन् ।

चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ । यद्यपि इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति भएको छ ।

चीन
कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार २९५ जनाको मृत्यु भएको छ भने । त्यहाँ ८१ हजार ३९४ जना सङ्क्रमित रहेका छन् । यसैबीच ७४ हजार ९७१ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

इरान
इरानमा कोरोना भाइरसको सङ्क्रमणका कारण २ हजार ३७८ जनाको मृत्यु भएको छ । हाल ३२ हजार ३३२ जना सङ्क्रमित रहेका छन् । एघार हजार १३३ जना उपचारपछि घर फर्किएका बताइएको छ ।

जर्मनी
जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण ३५१ व्यक्तिको मृत्यु भएको छ । हाल त्यहाँ ५० हजार ९३८ जना सङक्रमित रहेका छन् । यहाँका छ हजार ६५८ उपचारपछि निको भएर घर फर्किएका छन् । यसरी हेर्दा जर्मनीमा पनि कोरोनाको सङ्क्रमण बढ्दै गएको अवस्था देखिएको छ ।

फ्रान्स
फ्रान्समा कोरोना भाइरस सङ्क्रमणका कारण एक हजार ९९५ जनाको मृत्यु भएको छ । शनिबार प्राप्त समाचारअनुसार यहाँ ३२ हजार ९६४ सङ्क्रमित रहेका छन् । फ्रान्समा एकैदिन ३ हजार जना सङ्क्रमित थपिएको जनाइएको छ । यहाँका पाँच हजार भन्दा बढी नागरिक उपचारपछि घर फर्किएका छन् ।

बेलायत
बेलायतमा पनि पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमणको हुनेको संख्या बढ्दै गएको देखिएको छ । यहाँका ७५९ व्यक्तिको मृत्यु भएको छ । यहाँका १४ हजार ६५८ सङ्क्रमित भएका छन् । यहाँका करिब ५०० जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरस संक्रमण फैलिने डरले बन्द खेलमैदान । तस्बिर : मिलन तमु, एभरेस्ट टाइम्स

 

नेडरल्याण्डमा
नेडरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण ५४६ व्यक्तिको मृत्यु भएको छ । आठ हजार ६०३ सङ्क्रमित भएका छन् । यसैबीच ३ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

दक्षिण कोरिया
दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १४४ व्यक्तिको मृत्यु भएको छ । नौ हजार ४७८ सङ्क्रमित भएका छन् । चार हजार ८११ उपचारपछि निको भएर घर फर्किएका छन् ।

स्विट्जरल्याण्ड
स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण २३१ व्यक्तिको मृत्यु भएको छ । १२ हजार ९२८ सङ्क्रमित भएका छन् । यसैबीच १३१ जना भने उपचारपछि घर फर्किएका छन् ।

यसैगरी यस सङ्क्रमणबाट अष्ट्रिया, बेल्जियम, नर्वे, अष्ट्रेलिया, ब्राजिल, स्वेडेन, पोर्चुगल, क्यानाडा, डेनमार्क, मलेसिया, आयरल्याण्ड, पोल्याण्ड, ग्रीस, इन्डोनेसिया, फिलिपिन्स, हङकङ, इराक, अल्जेरिया, भारत, पाकिस्तान, थाईल्याण्ड, सिङ्गापुर, रुस, पेरुलगायतका देशमा पनि नागरिकको ज्यान गएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!