काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ । शुक्रबारमात्रै ५९ जनाको रिपोर्ट पोजिटिभ आएसँगै नेपालमा संक्रमितको संख्या ५ सय १६ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार बाँकेमा १४, बैतडीमा १, डडेल्धुरा १ र कैलालीका ३, मोरङ १, बारामा ६ र भक्तपुर, मकवानपुर र सप्तरीमा एक/एक जना संक्रमित थपिएका हुन् ।

संक्रमितहरुमा सर्लाहीकै मात्र १५ जना, नवलपरासी बर्दघाट सुस्ता पूर्वको १, चितवनको भरतपुर २ जना रहेका छन् । त्यस्तै नवलपरासी पश्चिमको सुस्ता र रामग्रामका ३, कपिलवस्तुको वाणगंगा र मायादेवी ९ जनामा संक्रमण देखिएको छ ।
शुक्रबार एकै दिन २१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट नेपालगञ्ज उपमहानगरपालिका ८ का २१ जना डिस्चार्ज भएको प्रवक्ता विकास देवकोटाले बताए ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ८ सय १९ जनाको नमुना परीक्षण भएको छ । आरडिटी विधिबाट ३ हजार ४ सय २१ जनाको परीक्षण भएको छ । अहिलेसम्म विधिबाट ४२ हजार ४ सय ८८ र आरडिटी विधिबाट ८२ हजार १ सय १६ जनाको नमुना परीक्षण भएको छ ।
प्रदेश नम्बर १ मा ९ हजार ९ सय २०, प्रदेश नम्बर २ मा ६ हजार २ सय ९५, बागमती प्रदेशमा १९ हजार ९३ र गण्डकी प्रदेशमा ७ हजार १८ जनाको आरडिटी परीक्षण भएको छ । यसैगरी प्रदेश नम्बर ५ मा ११ हजार ४ सय ८१, कर्णाली प्रदेशमा ८ हजार ६ सय १ र सुदूरपश्चिम प्रदेशमा १९ हजार ७ सय ८ जनाको आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।
यसैगरी प्रदेश नम्बर १ मा ५८ जना, प्रदेश नम्बर २ मा १ सय ५५, बागमती प्रदेशमा १८ र गण्डकी प्रदेशमा ३ जना आइसोलेसनमा उपचाररत रहेका छन् । यसैगरी प्रदेश नम्बर ५ मा २ सय ३ जना, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ५ गरी ४ सय ३३ जना संक्रमित आइसोलसनमा उपचाररत रहेको प्रवक्त देवकोटाले बताए ।
प्रदेश नम्बर १ मा १ हजार ४ सय १४, प्रदेश नम्बर २ मा ५ हजार ९ सय ६, बगमती प्रदेशमा ४ सय ७८ र गण्डकी प्रदेशमा ६ सय ७८ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १५ हजार ९ सय ८९, कर्णाली प्रदेशमा ७ सय ३५ र सुदूरपश्चिमा २ हजार ६ सय २९ गरी देशभरी २७ हजार ८ सय २९ जना क्वारेन्टाइनमा रहेका छन् ।






