लिलामान शेरपुञ्जा, अल्डरशट । २३ मे २०२०, विगत ३ महिना पूर्व स्थापित गोर्खा मेमोरियल प्रोजेक्टको जुम बैठक प्रोजेक्ट संयोजक मेजर खिम गौचन र गोर्खा मेमोरियल प्रोजेक्ट समूह बीच सम्पन्न भयो। स्थानिय रशमोर ब्रो काउन्सिल र ग्रेटर रशमोर नेपाली कम्युनिटीको संयुक्त बैठकको निर्णय अनुरुप अल्डरशट स्थित प्रिन्सेस गार्डेनमा ब्रिटिश गोर्खाको सालिक स्थापना गर्ने समझदारी भए पश्चात जी आर एन सी को तर्फबाट मेजर खिम गौचन संयोजक र क्याप्टेन ग्यारी घले प्रोजेक्ट मेनेजर रहने गरि ३ महिना पूर्व एउटा टिम खडा गरिएको थियो।
उक्त समूहको समय समयको बैठकमा रशमोर ब्रो काउन्सिलका काउन्सिल लिडर डेभिड क्लिफोर्ड समेतलाई सहभागी गराई सुनौलो इतिहास बोकेको भी सी कुलबीर थापाले ब्रिटिश आर्मीलाई आफ्नो काँधमा बोकेको सालिक निर्माण गर्ने निर्णय गरे पश्चात सालिक निर्मात्री यमी गुड्म्यानलाइ जिम्मा दिएको थियो भने सालिक निर्माण र स्थापनार्थ हुन सक्ने खर्च करिब १ लाख २५ हजार जुटाउन व्यक्ति, संस्था एवं चौतर्फी सहयोगार्थ अनुरोध गर्ने निर्णय भएको थियो।

१०००.०० पाउण्ड वा सो भन्दा बढी सहयोग दिने व्यक्ति वा संस्थाको नाम (बढीमा १०० जनाको) ताम्र पत्रमा लेख्ने निर्णय गरिएकोमा हाल सम्म ६४०००.०० पाउण्ड प्रतिबध्दता आएको र २१०००.०० पाउण्ड ग्रेटर रशमोर नेपाली कम्युनिटीको खातामा आइसकेको कुरा जी आर एन सी कोषाध्यक्ष टोप पल्लीले जानकारी गराए।
बैठकको पूर्ण संचालन संयोजक मेजर खिम गौचनले गरेको उक्त बैठकमा रशमोर ब्रो काउन्सिलका काउन्सिल लिडर डेभिड क्लिफोर्ड, यमी गुडम्यान, जी आर एन सी अध्यक्ष राम धन राइ, पूर्ब अध्यक्ष ओम थापा, निवर्तमान अध्यक्ष जीव बेलबासे, उपाध्यक्ष नेम थापा, महासचिव प्रमिला राइ, कोषाध्यक्ष टोप पल्ली, सदस्य बिर बलाल, सल्लाहाकार टाम ढेगा, क्याप्टेन बिर थापा, मगर संघ रशमोर ब्रान्चका अध्यक्ष हेमा राना समेतको सहभागिता रहेको थियो।
बैठकमा सालिक निर्माण गर्ने अन्तिम निर्णयका साथ यमी गुडम्यान मे ३१ देखि काम सुरु गर्न निर्देशन दिइयो भने एन आर एन यू के लगायत अन्य संघ संस्था एवं व्यक्तित्वहरुमा सहयोगार्थ अनुरोध गर्ने र जो जसले प्रतिबध्दता गर्नुभएको छ उहाँहरुमा अत्यन्तै नम्रताका साथ प्रश्तुत भै पत्राचार गर्ने निर्णयका साथ ताम्र पत्रको डिजाइन, सालिक उद्घाटन मिति, प्रिन्सेस गार्डेनको कुन भागमा सालिक स्थापना गर्ने आदि जस्ता बिषयमा आगामी बैठकमा छलफल गर्ने गरि बैठकको समापन गरिएको थियो भने पुन: समस्त यू के बासि नेपाली समुदायमा आर्थिक सहयोगार्थ जी आर एन सी अध्यक्ष राम धन राई र प्रोजेक्ट संयोजक मेजर खिम गौचनले हार्दिक अनुरोध गरेका थिए।
स्मरण रहोस भी सी कुलबीर थापाले दोस्रो विश्व युद्धमा जर्मंसंगको लडाइमा आफू निहत्था हुँदा र आफूले चिन्दै नचिनेका अर्कै घाइते ब्रिटिश आर्मीलाई ठुलो समूहमा हात हतियार सहित सुसज्जित जर्मन आर्मी बीचबाट बचाउन आफ्नो ज्यानको प्रवाह नगरी खुकुरीको भरमा अघि बढेको देखि जर्मन आर्मी नतमस्तक मात्र भएका थिएनन उनको सम्मानार्थ ब्रिटिश सरकारलाई पत्राचार गरेका थिए।






