गोकर्णेश्वरमा दिपक लामा नेतृत्वमा कोरोनाविरुद्ध स्वयम्‌सेवक परिचालन

SHARE:

काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा कोभिड–१९ रोकथाम तथा सचेतनाको लागि दिपक लामा नेतृत्वमा स्वयम्‌सेवक परिचालन भएका छन् । स्वयमसेवकहरुलाई आइतबार प्रशिक्षण दिइएको छ । गोकर्णेश्वरस्थित मोसेस क्लबको चौरमा दूरी कायम गरी प्रशिक्षण दिइएको थियो ।

गोकर्णेश्वर नगरपालिका स्वयम्‌सेवक परिचालन संयोजक दिपक लामाको अध्यक्षमा भएको कार्यक्रमको प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे थिए । त्यसैगरी विशेष अतिथिमा महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नविन कार्की, हेल्थ कन्सर्नका डा. सुबास प्याकुरेल लगायत थिए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका स्वयम्‌सेवक परिचालन संयोजक दिपक लामाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्वागत मन्तब्य राखेका थिए । उनले आफूले स्वयमसेवक परिचालनको जिम्मेवारी लिनुको खास खुलासा यसरी गरे, ‘म र मेरो परिवार सुरक्षित हुनका लागि समाज सुरक्षित हुनुपर्छ । मेरो समाज सुरक्षित हुनका लागि गाउँ सुरक्षित हुनुपर्छ । गाउँ सुरक्षित हुनका लागि राष्ट्र सुरक्षित हुनुपर्छ । प्यारो राष्ट्र सुरक्षित राख्न यो जिम्मेवारी लिएको हुँ ।’

सरकारले स्वयमसेवक परिचालन गर्ने नीति लिएपछि सबैभन्दा पहिला गोकर्णेश्वरमा लामाको संयोजकत्वमा परिचालन समिति बनेको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख सन्तोष चालिसेले मुलुकमै पहिलो नगरपालिकाका रुपमा हजारौ साथीहरुको सहयोगमा प्रहरीसंगको समन्वयमा नगरपालिकाको सिस्टममा रहेर नगरपालिकालार्इ कोरोना मुक्त बनाउनको लागि साहस बोकेरे स्वयमसेवकको रुपमा काम गर्न तयार भएकोमा खुसी ब्यक्त गर्दै धन्यवाद दिए ।
स्वयमसेवकको दस्ता रात दिन नभनी परिचालन हुनुपर्ने अवस्था पनि हुनसक्छ भन्दै नगर प्रमुख चालिसेले स्वयसेवकहरुसँग नगरपालिकाको टोली जनप्रतिनिधि, प्रहरी सधै नै संगै हुने पनि जानकारी गराए । डीएसपी कार्कीले जोशिला युवाहरु स्वयमसेवकको रुपमा खट्नको लागि तयार भएर आएका सबैलाई स्वागत सहित कार्यक्रम आयोजना गरेकोमा नगरपालिकाप्रति आभार ब्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै ह्ल्थ कर्न्सनका डा. सुबास प्याकुरेलले कोभिड १९ कोरोना भाइरसको बारेमा जानकारी गराएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!