एनआरएनए युकेद्वारा कोभिड–१९ सहयोग अभियानबारे रिपोर्ट सार्वजनिक

SHARE:


लिलामान शेरपुञ्जा, लण्डन । एनआरएनए युकेले कोरोना भाईरसबाट प्रभावितहरुलाई गर्दै आएको  सहयोग अभियानबारे हालै एक रिपोर्ट सार्वजनिक गरेको छ । एनआरएनए युकेका महासचिव फडिन्द्र भट्टराईले प्रस्तुत् गरेको उक्त रिपोर्टको शुरुवातमा बेलायतमा कोभिड–१९को प्रभाव देखिन शुरु भए लगत्तै गत मार्च २१ मा बसेको एनआरएन यूकेको आकस्मिक बिशेष बैठकले स्वास्थ्य विभाग संयोजक डा. सुनिल शाहलाई कोभिड–१९ संयोजन गर्ने जिम्मेवारी प्रदान  गर्दै संघका बिभिन्न पदाधिकारीहरुको संयोजनमा विभागीय समितीहरु गठन गरेर सुचना सचेतना र परामर्शका बिभिन्न कार्यक्रमहरु संचालनमा ल्याएको जनाइएको छ ।
एनआरएन यूकेले संचालन गर्ने कोरोना सम्बन्धि सबै गतिविधीहरुलाई केन्द्रिकृत तहबाट अवलोकन, मुल्यांकन र दिशानिर्देश गर्ने गरी अध्यक्ष पुनम गुरुङ, महासचिव फडिन्द्र भट्टराई र कोभिड संयोजक सुनिल शाह सम्मिलित स्टेरिंग समितीको मातहतमा रहेर कार्यसम्पादन हुदै आएको बताइएको छ ।

महासचिव भट्टराईले उक्त रिपोर्टमा सर्वप्रथम कोरोना पिडित सहयोगको लागि  सचिव द्वय जित रानाभाट र कृष्ण ढकाल तथा सदस्य हेम गुरुङ को संयोजनमा सचिव स्तरीय  ३ वटा हेल्पलाईनको स्थापना गरेर पूर्णकालीन हेल्पलाईन सेवा प्रदान गर्दै आईरहेको र अहिले सम्म हेल्पलाईनमा १५  सय भन्दा बढी संख्यामा आएका सोधपुछहरुलाई परामर्श र राहत लगायतको  सेवा प्रदान भईसकेको उल्लेख गरेका छन् ।
त्यस्तै, उनले पहिलो चरणमा नेप्लिज डाक्टर्स एसोशियसन यूके र नेपलिज नर्सिंग एसोशियसनए यूकेको  सहकार्यमा बेलायतमा  कार्यरत २५  जना नेपाली डाक्टर तथा २४ जना  नर्सहरुलाई स्वास्थ्य परामर्श लगायतका बिषयमा तत्काल परिचालन गरिएको  थियो । नेपाली डाक्टर हरुलाई संघको  फेशबुक पेज मार्फत २ हप्ता सम्म दैनिक फेबसुक लाईभ शो मार्फत बेलायतवासी नेपाली हरुलाई स्वास्थ्य सेवा र परामर्श प्रदान गर्नुका साथै कोरोना संक्रमित नेपालीहरुलाई व्यक्तिगत रुपमा टेलिफोन मार्फत परामर्श समेत उपलब्ध गराउदै आएको जनाउदै एनआरएनए युकेकी उपाध्यक्ष रोजिना प्रधान राई र उपाध्यक्ष सुनिल बावु खड्कालाई बेलायतमा अध्ययनरत विद्यार्थीहरुको समस्या सम्बोधन गर्नको लागि जिम्मेवारी प्रदान गरेर अहिले सम्म ६२  जना विद्यार्थीहरुलाई खाद्यान्न लगायतका सामग्री तथा सहयोग  पुर्याईसकिएको र हाल सम्म यो समिती बाट १ सय ९० जना विद्यार्थीहरुले सेवा लिईसकेको जनाएका छन् । त्यस्तै, कार्यसमितीकै पदाधिकारीको  पहलमा करिव २ दर्जन विद्यार्थी लाई जागिर लगाउने कार्य भएको छ र आवासको समस्या भएका १० जना  विद्यार्थीहरुलाई आवास सुविधा उपलब्ध गराईएको, यसका अलावा विद्यार्थीहरुलाई विभिन्न विषयमा परामर्श उपलब्ध गराउने यूनिभर्सिटीको हार्ड फन्ड को आवेदनमा सघाउने र सामाजिक सुरक्षा कार्डको आवेदन गराउने लगायतका काम समेत हुदै आएको जानकारी गराएका छन् ।

उक्त रिपोर्टमा बेलायतमा अधिक संख्यामा रहेका भूतपूर्व गोर्खा तथा उनका परिवारलाई सघाउने उद्देश्यले उपाध्यक्ष प्रेम गाहा मगरको संयोजनमा देशव्यापी रुपमा स्वयंसेवक  परिचालन हुदै आएको छ । भूपू गोर्खा परिवारलाई सुरक्षा सामग्री प्रदान गर्ने, प्रेसक्रिप्सन तथा घरायसी समान खरिदमा सघाउने र मुख्यतया स्वास्थ्य सचेतना र परामर्श उपलब्ध गराउदै आईरहेको छ । गोर्खा सम्बन्धि विभिन्न संघ संस्था हरुको समन्वयमा विशेषत भूपू गोर्खा परिवारको सहयोगको लागि अहिले बेलायतभर ११८  जना स्वयंसेवक हरु परिचालन गरिएको छ । त्यस्तै गोर्खा विभाग अन्तर्गत कोरोनाको  कारण मृत्यु भएका परिवारलाई आवश्यकता अनुसार आर्थिक सहयोग गर्ने देखि, स्थानीय सरकार तथा निकायबाट प्राप्त गर्न सकिने सेवा सुविधामा समेत सेवा पुर्याउदै आइरहेको समेत उल्लेख गरेका छन् ।
त्यस्तै, उनले भनेका छन् ‘बेलायत सरकार र स्थानीय स्वास्थ्य निकायहरुले निकाल्ने सुचनाहरुलाई नेपालीमा उल्था गरेर वेबसाइट तथा मेडियामा सम्प्रेषण गर्ने कार्य पनि हुदै आएको छ । यसको संयोजन उपाध्यक्ष नारायण कंडेलबाट हुदै आएको छ । जनस्वास्थ्य निकायका सुचनाहरु नेपालीमा उपलब्ध गराउने माग समेत गर्दै पेटिसन हस्ताक्षर अभियान समेत संचालनमा ल्याईएको छ । लकडाउनको कारण घरमै बस्न वाध्य  नयाँपुस्ताका नानीहरुलाई विभिन्न रचनात्मक क्रियाकलापमा सहभागे गराउन चित्रकला प्रतियोगिता जस्ता अभियानहरु संचालन गरिएको छ ।’
एनआरएनए यूके अन्तर्गत इंगल्याण्ड, वेल्स, स्कटल्याण्ड, आयरल्याण्ड लगातका ४ वटै राज्य परिषदका अध्यक्षहरुलाई पदाधिकारी बैठकहरुमा सहभागी  गराउदै  ४ वटै राज्यमा सहयोग तथा राहत कार्यक्रमहरु संचालन हुदै आएको र, राज्य परिषदहरुको समन्वय उपाध्यक्षद्वय  रामचन्द्र पोख्रेल र मोहन  कार्कीले गर्दै आएको समेत जनाइएको छ ।
त्यस्तै, छोटो अवधीको लागि बेलायत आएर लकडाउनको कारण यतै रोकिन वाध्य नेपालीहरुलाई यथाशक्य छिटो नेपाल फर्काउन पहल गर्ने गरी नेपाल जान अत्यावश्यक भएका नेपाली हरुको तथ्यांक संकलन कार्य उपाध्यक्ष रामचन्द्र पोखरेलको संयोजनमा भईराखेको जनाइएको छ । यसको लागि बेलायतस्थित नेपाली दुतावास तथा  अन्य संघसंस्था संग आवश्यक समन्वय हुदै आइरहेको र अहिलेसम्म नेपाल फर्किनको लागि झन्डै २०० जना भन्दा बढीले फाराम भरिएको रिपोर्टमा उल्लेख गरेको छ ।
कोरोना प्रभावित नेपालीहरुलाई पुर्याउनु पर्ने सहयोग संकलनको लागि कोषाध्यक्ष तेजेन्द्र रोका मगर सहित इंगल्याण्ड राज्य परिषद्का अध्यक्ष दिपक श्रेष्ठको संयोजनमा एक समिती निर्माण गरे पश्चात  आम नेपालीहरुलाई सहयोगको लागि आव्हान गरेर  रकम संकलन हुदै आएको र अहिलेसम्म १७ हजार पाउण्ड रकम संकलन भईसकेको जनाइएको छ । त्यस्तै, सहकोषाध्यक्ष सकुन्तला गुरुङ र सदस्य ज्ञानेन्द्र आले मगरको संयोजनमा गो फन्ड लगायतबाट समेत सहयोग संकलन हुदै आएको समेत बताइएको छ ।
सहयोग संकलन तथा राहत वितरण कार्यलाई पूर्ण पारदर्शी तथा प्रभावकारी रुपमा संचालन गर्नको लागि गैर आवासीय नेपाली संघ यूकेले कोभिड–१९ सहयोग संचालन कार्यविधी निर्देशिका जारी गरेर सोही डकुमेन्टबाट निर्दे्शित भएर सहयोग र राहतका कार्यहरु संचालन हुदै आएको जानकारी गराइएको छ । त्यस्तै, यसका अलावा बेलायतमा क्रियाशील बिभिन्न नेपाली संघ संस्थाहरु संग अध्यक्ष पुनम गुरुङ स्वयंको संयोजनमा  समन्यव हुदै आएको र संस्थागत रुपमा सहयोग संकलन गर्नुका साथै प्राप्त सहयोगलाई राहतको रुपमा वितरण गर्ने कार्यमा समेत विभिन्न संघ संस्थाहरु परिचालित भएको उल्लेख गरिएको छ । साथै? अहिले सम्म झन्डै ३ दर्जन संघ संस्थाहरु संग सहकार्य भईरहेको समेत जनाइएको छ ।

कोरोनाको कारण अहिले सम्म बेलायतमा ६४ जना नेपालीको मृत्यु भईसकेको, कोरोनाको कारण मृत्यु भएका परिवारको आर्थिक सहयोगको याचना भए बमोजिम ६ जनाको परिवारलाई एनआरएनए यूकेले आर्थिक सहयोग उपलब्ध गराएको उल्लेख गरेका छन् ।  त्यस्तै, उक्त रिपोर्टमा महासचिव भट्टराईले ‘बेलायतमा १३९८ जना नेपाली संक्रमित भएको रेकर्ड एनआरएनए यूकेको हेल्पलाईनमा छ । जसमा १२०२  जना सेल्फआइसोलेसन  बाट सन्चो भएको जानकारी छ भने अझै ५१  जना व्यक्ति सेल्फअईसोलेशनमा हुनहुन्छ । त्यसैगरी  ७०  जना हस्पिटल बाट निको भएर फर्किएका छन भने ११  जना अझै अस्पतालमा उपचाररत हुनुहुन्छ’ भन्दै बेलायतमा विशेषत भूतपूर्व गोर्खा परिवारका वृद्द नेपाली नागरिकहरुको बाहुल्यता रहेको र उनीहरुलाई आफ्नो दैनिक शपिंग लगायत औषधीजन्य सामग्री घरमै पुर्याउनको लागि समेत एनआरएन अन्तर्गत  बिभिन्न क्षेत्रमा खटिएका स्वयंसेवकहरुले सेवा पु¥याईरहेको जनाएका छन् ।  साथै, रिपोर्टको अन्त्यमा, बिभिन्न दाताहरुबाट प्राप्त र एनआरएन आफैले खरिद गरेको समेत हालसम्म ५ हजार ९ सय ९०  थान मास्क साथै सयौं थान सेनीटाईजर र प्रोटेक्टटिभ पन्जाहरु तथा प्यारासिटामोल जस्ता स्वास्थ्य सामाग्रीहरु  बेलायतका बिभिन्न शहरहरुमा विशेषत भूतपूर्व गोर्खा परिवारका वृद्ध लगायतका नेपालीहरुलाई वितरण गरिसकिएको महासचिव भट्टराईले उल्लेख गरेका छ

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!