नेपालमा कोरोना संक्रमण दैनिक बढ्दै, मृतक १०, संक्रमित २ हजार ६३४ पुगे

SHARE:

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ सय ३४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ । जुन एक दिनमा संक्रमण हुनेमा अहिलेसम्मकै बढी संख्या हो । यससँगै कुल संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ ।

मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पछिल्लो २४ घन्टामा २ हजार ४ सय ५० जना पुरुष र १ सय ८४ जना महिला गरी ३ सय ३४ जनामा संक्रमण देखिएको छ । यस्तै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । प्रवक्ता देवकोटाले पाँच दिनअघि भारतबाट आएका पाल्पा जिल्ला पूर्वखोला गाउँपालिकाका एक जना पुरुषको तानसेनस्थित मिसन अस्पतालमा जेठ २० गते मृत्यु भएको र स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको बताए ।

पछिल्लो २४ घण्टामा संक्रमण फेला पर्नेहरुमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका १ जना, नारायणी अस्पताल विरगन्जमा पर्साका १ जना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान विराटनगरमा झापाका ३ जना, ताप्लेजुङका १ जना, मोरङका १ जना र सप्तरीका १३ जना गरी १८ जना, हेटौडा स्थित प्रादेशिक प्रयोगशालामा बाराका ७, सिन्धुलीका १ र रौतहटका १ गरी ९ जना, पोखरामा गरिएको परीक्षणमा म्याग्दीका १, बाग्लुङका १०, पर्वतका ४ र स्याङ्जाका १ जना गरी कुल १६ जना, सेती प्रादेशिक अस्पतालमा डोटीका ३ जना, भेरी अस्पतालमा बाँकेका ४२ जना, धुलिखेल अस्पतालमा कपिलवस्तुका १७ जना, राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका १५ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा मुगुका १ र दैलेखका १ सय ५ जना गरी कुल १ सय ६ जना, कोसी अस्पतालमा झापाका २ जना र खोटाङका ३ जना गरी ५ जना, प्रादेशिक अस्पताल सुर्खेतमा दैलेखका ८ जना, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बारामा ५ जना, धनुसाका ६ जना, कपिलवस्तुका १२ जना, महोत्तरीका ३ जना, रौतहटका ६४ जना र सर्लाहिका ३ जना गरी कुल ९३ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म कुल ८४ हजार १ सय ३४ पीसीआर टेस्ट र १ लाख २५ हजार ५ सय ६४ आरडीटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ६७ पीसीआर परीक्षण र ५ हजार १ सय ८५ आरडिटी परीक्षण गरिएको छ । अहिलेसम्म २ सय ९० जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घन्टामा नारायणी अस्पताल विरगन्जबाट ५ जना र कलैया अस्पतालबाट ७ जनागरी १२ जना संक्रमित निको भइ डिस्चार्ज भएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!