मधुकर गुरुङ, लण्डन । अल्डरसट इम्पावरमेन्ट ग्रुपले एनआरएनए युकेको सहकार्यमा मनोक्रान्तिका संस्थापक डा.योगी बिकाशानन्दले आफ्नो अनुभव सुनाउने भएका छन् । ग्रुपले कोभिड–१९ ले विश्वभर प्रभाव पारिरहेको अवस्थामा जुम प्रविधिमार्फत डा. योगीका ज्ञानगुणका कुराहरु सुनाउने उद्देश्य अनुरुप उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो । डा. योगीले आउँदो आइतबार जुन ७ का दिन बेलायती समय अनुसार बिहान १०ः१५ बजे देखि ११ः४५ बजेसम्म विभिन्न बिषयमा जानकारी दिनेछन् । बिशेष गरी कोभिड–१९ को अवस्थामा आत्मबल कसरी बढाउने, रोग प्रतिरोधात्मक क्षमता कसरी वृद्धि गर्ने लगायत योग, ध्यान, प्राणायम र खानपानले खेल्ने भूमिकाका बारे जानकारी दिनेछन् । ग्रुपले मनोक्रान्ति बेलायतको बिशेष पहल र एनआरएनए युकेको सहकार्यमा बेलायतमा रहेका नेपालीहरुलाई बिशेष ध्यानमा राखेर उक्त कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक मान गुरुङले जानकारी दिए । 
निःशुल्क रुपमा आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी भई फाईदा लिन ग्रुपका संयोजक मान गुरुङले अनुरोध गरेका छन् । उनका अनुसार, जुम प्रविधिमा १०० जना मात्र समावेश गर्न सकिने भएको हुँदा ईच्छुक महानुभावहरुले समयमा नै आफ्नो सीट सुरक्षित राख्नका लागि पोस्टरमा निर्दिष्ट गरेअनुसार सम्पर्क गर्न वाhttps://www.eventbrite.com/e/how-to-improve-immune-system-by-yogi-dr-vikasananda-manokranti-yoga-tickets-106907643640?fbclid=IwAR1N_u6F-E4BsIv_PM-KmclNStJoSQN2attBxvvIghqyqAU4DrV2bp0brRsलिंकमा जानु पर्ने छ । लामो समय देखि मनोक्रान्ति अभियान संचालन गर्दै आएका डा.योगीले पोखराबाट जुमप्रविधिमार्फत अनुभव सुनाउने छन् ।






