रोयल बोरो अफ ग्रीनविच नेपाली सोसाइटी युकेद्वारा रुकुममा राहत सामाग्री वितरण

SHARE:

एटा संवाददाता ।

रोयल बोरो अफ ग्रीनविच नेपाली सोसाइटी युकेले रुकुमको सानी भेरी गाउँपालिका–२ मा राहत सामाग्री वितरण गरेको छ । कोरोना भाईरसबाट सिर्जना भएको लकडाउनका कारण अत्यन्त प्रभावित ४० विपन्न घर परिवारलाई खाद्यान्न राहत उपलब्ध गराएको हो । साउथ ईष्ट लण्डनमा सक्रिय सोसाईटीले त्प्रति घर १ बोरा चामल, ३ किलो दाल, २ लिटर खानेतेल र २ पोका नुन प्रदान गरिएको एनआरएनए युकेका सदस्य धनबहादुर सार्कीले जानकारी दिएका छन् ।

एनआरएनए युकेका सचिव जीत रानाभाटले संचालन गरेको कार्यक्रममा राष्ट्रिय सभाका सांसद (रुकुम) ठगेन्द्रप्रकाश पुरीले कोभिडसंगको लडाईमा देशविदेशमा बसोबास गर्ने सबै नेपाली नागरिकहरुबीच एकअर्कामा एकता, संयमता र सहकार्यमा जोड दिर्दै सोसाईटीको प्रसंशा गरे । त्यस्तै, विशिष्ट अतिथि बेलायतका इरिथ एन्ड थामेसमीडका सांसद अबेना ओपेङ असरेले कोरोनाको महामारी बिरुद्धको लडाइँमा बेलायत सधै नेपाल र नेपालीहरुको साथमा रहने प्रतिबद्धता ब्यक्त गरिन् ।

नेपाली वेलफेयर सोसाईटी युकेका अध्यक्ष धनबहादुर सार्कीको संयोजकत्वमा वितरण गरिएको उक्त कार्यक्रममा सानी भेरी गाउपालिकाका अध्यक्ष बिर्ख बहादुर बिष्टले राहतका लागि सबैलाई धन्यवाद दिए । जुमप्रविधिको उपयोग गर्दै वितरण स्थलसंग भर्चुअल रुपमा जोडिएको कार्यक्रममा नेपाल सरकार, संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालय उपेक्षित उत्पीडित र दलितबर्ग उत्थान विकास समितिका कार्यकारी निर्देशक डा. बुद्धि नेपाली, बेलायतबाट तमु समाज युकेका अध्यक्ष शिबचन्द्र गुरुङ, रोयल बोरो अफ ग्रीनविच नेपाली सोसाईटीका पूर्व अध्यक्ष हरिगोबिन्द गुरुङ, प्रमुख सल्लाहकार मोहन गुरुङ, सल्लाहकार श्याम शेरचन, एनआरएनए इंग्ल्याण्डका अध्यक्ष दिपक श्रेष्ठ, चितवन एड ट्रष्ट युके अध्यक्ष जीवन सेन, पत्रकार शिव भण्डारी संयोजक सार्की लगायतले बोलेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!