बेलायतका नेपालीहरुले अन्तर्राष्ट्रिय योग दिवस मनाए

SHARE:

एटा संवाददाता ।
लण्डन । बेलायतमा बसोबास गर्ने नेपालीहरुले छैटौं अन्तर्राष्ट्रिय योग दिवस मनाएका छन् । संयुक्त राष्ट्र संघले २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउने निर्णण गरेअनुसार ग्रेटर नेपाली कम्युनिटी (जीआरएनसी) युकेले एक बिशेष कार्यक्रमको आयोजना गरी योग दिवस मनाएको हो ।
विश्वभर योग मनाइरहेको अवस्थामा आइतबार बिहान ९ बजे देखि ११ बजेसम्म जुम प्रविधिको प्रयोग गरी भर्चुअल रुपमा मनाइएको उक्त दिवसलाई जीआरएनसी युकेको फेसबुक पेजमार्फत लाईभ गरिएको थियो । कार्यक्रममा योग प्रशिक्षक अर्चना थापाले करीब १ घण्टा ३० मिनेट सम्म योग, ध्यान र प्राणायमको अभ्यास गराएका थिए । हाथा योगा अन्र्तगतको विभिन्न आशनहरुहरु गरिएको उक्त कार्यक्रममा जीआरएनसी युकेका अध्यक्ष रामधन राई, उपाध्यक्ष तथा कार्यक्रम संयोजक नेम थापा, पूर्व अध्यक्ष रोहित गुरुङ, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर युकेका अध्यक्ष भिम बाँनिया, महासचिव बिक्रम भट्टराई, मनोक्रान्ति युकेका प्रर्वतक नगेन्द्र राज नेम्बाङ लगायत करीब २० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले कोभिड–१९ को अवस्थामा समेत प्रविधिको प्रयोग गरी लगातार ३ महिना देखि निःशुल्क रुपमा योग अभ्यास गराएकोमा योग प्रशिक्षक थापा र आयोजक जीआरएनसी युके लगायतलाई धन्यवाद दिएका थिए । त्यस्तै, योग प्रशिक्षक अर्चना थापाले यस्तो बिषम परिस्थितिमा समेत योग अभ्यासको संयोजन गरिदिएकोमा आयोजक संस्था लगायत अग्रजहरुलाई धन्यवाद दिईन् । साथै, जीआरएनसी युकेका अध्यक्ष रामधन राईले प्रशिक्षक थापा, संयोजक नेम थापा र सहभागी सबैलाई धन्यवाद दिए । सो अवसरमा जिआरएनसीका महासचिव प्रमिला लाबुङ्ग राई, पूर्व अध्यक्ष रोहित गुरुङ, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर युके अध्यक्ष भिम बाँनिया, संयोजक नेम थापा, मेग गुरुङ, सुधा गुरुङ, गोमा राना, बसन्त अर्याल लगायतले योग, ध्यान र प्राणायम बारे बोलेका थिए ।

स्मरण रहोस् संयुक्त राष्ट्र संघले करीब ५००० बर्षको इतिहास बोकेको पूर्विय दर्शनमा आधारित योगलाई सन् २०१४ सेप्टेम्बर २७ गतेका दिन जुन २१ को दिनलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउने निर्णय गरेको हो । साथै, पछिल्लो समय योग, ध्यान, साधना, प्राणायमप्रति धेरैको चासो बढ्दै आएको छ । र, अहिलेको कोभिड–१९ को महामारीमा झन यसलाई धेरैले अभ्यासमा ल्याएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!