पूर्व प्रहरी अधिकृतले फरक ढंगले मनाए आफ्नी श्रीमतीको जन्मदिन

SHARE:

एटा संवाददाता ।
लण्डन । आफन्तको जन्मदिन मनाउने बिभिन्न तरिका हुन्छन, कसैले भब्य पार्टी वा घुमघाम अनि महँगो उपहार दिएर मनाउने गरेको देखिन्छ, जुन स्वाभाविक पनि छ । आफ्नो प्रियजनलाइ खुशी पार्न सबैले फरक फरक तरिका अपनाइरहेका हुन्छन, जसको लागि राम्रैसंग खर्च गर्न पनि तयार हुन्छन् । यसै सिलसिलामा बेलायतमा रहेका एक नेपालीले आफ्नो श्रीमतीको जन्मदिन फरक तरिकाले मनाएका छन् । बेलायतको बेजिङ्गस्कोटमा बसाबास गर्दै आएका नेपाल प्रहरीका पूर्व वरिष्ठ प्रहरी अधिकृत अफिसर शिवजी श्रेष्ठले आफ्नी श्रीमती उर्मिला श्रेष्ठको जन्मदिनमा श्रीमतीको जन्मथलो इलाममा कोरोनाको कारण लकडाउनमा परेर काम र मामबाट बन्चित भएका २० बिपन्न परिवारलाइ आधारभूत आवश्यकताका कुराहरु वितरण गरेर मनाएका छन् । जुन कुरा आफ्नै जन्मदिन मनाउने उर्मिला श्रेष्ठबाट गोप्य राखिएको थियो, र इलामबाट आएको दाजुको फोन कलसंगै ती राहत पाएका व्यक्तिहरुले एकैपटक ’ह्याप्पी बर्थ डे’’ भन्दै एक्कासी भनेर सरप्राइज शुभकामना दिदा झस्किएको श्रोतले जनाएको छ ।

इलाम नगरपालिकाका मेयर महेश बस्नेतले पठाएको शुभकामना संदेश सहित शुरु भएको कार्यक्रममा राहत पाउने परिवारका सदस्यहरुले, ‘बिदेशमा रहेर पनि आफ्नो जन्मथलोमा रहेका हामी जिल्लावासी दुःखी दाजुभाइ दिदीबहिनीहरुलाई सम्झिएर आफ्नो जन्मदिन मनाउनु भएकोमा हामी उहाँको सुख अनि सुस्वास्थ्यको कामना गर्दै आशिर्वाद दिन चाहन्छौ’ भन्दै फोनमा भक्कानिएका थिए । सो अवसरमा इलाम नगरपालिका वडा न ७ का मनोज ताम्राकारले ‘बिदेशमा रहेपनि उर्मिला श्रेष्ठले आफ्नो जन्मथलोलाई बरोबर सम्झिने गरेको प्रसंग उल्लेख गर्दै यसअघि पनि माईखोलामा रहेको बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई सहयोग गर्नुको साथै इलाममा आपूm पढेको स्कुल आदर्श माविमा आफ्नो स्वर्गीय बुवा, काका र निनिहरुको सम्झनामा आफ्ना दाजुहरु र बहिनीसँग मिलेर ईलाइब्रेरी स्थापना गरेको’ बताए । त्यस्तै, जिल्ला प्रशासन कार्यालय, इलामका प्रतिनिधिले आफ्नो जन्मदिनमा फजुल खर्च गर्दै तडकभडक गरेर आफ्नो परिवार मात्रै खुशी भएर मनाउनु भन्दा गरिब दुखीहरुको मुहारमा समेत खुशी ल्याउदै उनीहरुको आशिर्बाद समेत लिएर मनाउनु एउटा गज्जबको तरिका लागेको भन्दै अरुले पनि यस्तै सकारात्मक तरिकाले मनाउने तरिका सिक्नुपर्ने बताए । राहत वितरण कार्यक्रममा समाजसेवी बुद्धिमान राईले, ‘दिन र समय सबैको सधै एकनास हुदैन, यस्तो महामारीबाट धेरै पीडित छन्, उहाँहरु जस्ता दयालु मन भएकाहरुले यस्तो बेलामा आफ्नो लागि भन्दा पनि यस्ता दीन दुखिका लागि सोचिदिदा निकै राहत मिल्दोरहेछ, उहाँमा सबैको आशिक लागोस’ भने ।


कार्यक्रममा उर्मिला श्रेष्ठकी आमा केदार कुमारी श्रेष्ठ र काकी मुना श्रेष्ठको हात बाट राहत सामग्री हस्तान्तरण शुरु गरिएको थियो । उक्त कार्यक्रमको संयोजन उर्मिला श्रेष्ठका दाजुहरु पत्रकार महासंघ इलाम शाखाका पुर्ब उपाध्यक्ष मोहन मान श्रेष्ठ र इलाम क्याम्पसका पुर्ब सहायक क्याम्पस प्रमुख डा. योगेन्द्र मान श्रेष्ठ तथा भदा सुयोग्य श्रेष्ठले गरेका थिए । कार्यक्रममा बोल्नुहुदै पुर्ब सहायक इलाम क्याम्पस प्रमुख डा. योगेन्द्रमान श्रेष्ठले, ‘आफ्नी बहिनी उर्मिला आफै बेलायतको अस्पतालमा कोरोना संक्रमित बिरामीको सेवा गर्दै आफै संक्रमित भएपछि निको भएपछि पुःन बिरामीहरुको सेवामा जुटिसकेकी बताउदै समाजसेवाको उसको रगतमा रहेको समेत बताए ।

बेलायतमा समेत बिभिन्न राहत वितरण कार्यक्रममा संयोजन गरिरहेका शिवजी श्रेष्ठले आफ्नो श्रीमती उर्मिला श्रेष्ठको जन्मदिनमा राहत वितरण कार्यक्रम गर्नुको उद्देश्य खुलाउदै, ‘हुने खाने भन्दा पनि हुदा खाने’ को अवस्था अहिले नाजुक भइरहेको समाचार सुन्दा र पढ्दा मननै उकुसमुकुस हुने अहिलेको महामारीमा रोग संगै भोकले मर्ने अबस्था आएको हाम्रो जस्तो मुलुकमा जस जसले जति र जसरी सकिन्छ, त्यसरी नै सहयोग पु¥याउनु देश परदेस जहाँ रहेका भएपनि सबै नेपालीको दायित्व रहेकोले अरु सामान्य अबस्थामा जस्तो रेस्टुरेन्टमा गएर पार्टी गर्नु वा महँगो उपहार खरिद गर्नु भन्दा भोकले छटपटाई रहेकाहरुको भोक शान्त पार्नु श्रेयस्कर रहेको आपूmलाई लागेकोले राहत वितरण कार्यक्रम गर्ने सोच बनाएको बताए । त्यस्तै, उक्त राहत कार्यक्रममा इलामका अति बिपन्न २० परिवारलाई चामल, दाल, तेल, नुन, चिनी, मरमसला, औषधी सहितको प्याकेज प्रदान गरिएको कुरा संयोजक मोहन मान श्रेष्ठले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!