काठमाडौं । सभामुख कृष्णबहादुर महराले नेपालको पहिचान विश्व जगतमा चिनाउन पर्यटन व्यवसाय महत्वपूर्ण भएको बताएका छन् । गन्तव्य नेपाल ग्रुपको १४ औं वार्षिकोत्सव तथा टुरिजम म्यान अफ दि इयर प्रदान कार्यक्रममा बोल्दै सभामुख महराले भने, ‘पर्यटन व्यवसाय नेपालको आर्थिक समृद्धिको आधार त हो नै ।’, उनले थपे, ‘नेपालको भौगोलिक, ऐतिहासिक, सांस्कृतिक जनजीवन र सभ्यतालाई विश्व जगतमा चिनाउन पर्यटन व्यवसायले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’
नेपालको पर्यटकीय स्रोत साधनका हिसाबले निकै धनी भएको भन्दै सभामुख महराले नेपालको पर्यटन विकासका लागि स्पष्ट नीति र दृष्टिकोण चाहिएको बताए । अबदेखि नेपालमा स्थायी सरकार बन्ने प्रक्रिया शुरु भएको भन्दै उनले नेपालको पर्यटन व्यवसायलाई समृद्ध बनाउन सरकारले मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिए । पर्यटन प्रवर्द्धनका लागि आफ्नो ठाउाबाट गर्नुपर्ने कुनै पनि भूमिकामा कमी नहुनेमा जोड दिँदै उनले भने, ‘पर्यटन व्यवसायलाई फस्टाउन आवश्यक पर्ने कानूनहरु के छन् रु बाधक के छ रु राज्यले सहजीकरण गर्ने ठाउा के हो रु सरोकारवाला भएको हिसाबले तपाईहरुले प्रश्न उठाउनुस्, सरकारलाई घच्घच्याउनुस्, प्रस्ताव अघि बढाउन सहयोग गर्नुस् । मेरो तर्फबाट पर्यटन व्यवसायलाई अघि बढाउन मैले गर्नुपर्ने भूमिका निर्वाह गर्न तयार छु ।’
नेपालको पर्यटन उद्योगलाई प्रवर्द्धन गर्न, समृद्ध र समुन्नत बनाउन गन्तव्य नेपालले प्रभावकारी भूमिका निर्वाह गरिरहेकोमा खुसी व्यक्त गर्दै सभामुख महराले अवार्ड तथा सम्मान प्राप्त गर्ने सबैलाई बधाई ज्ञापन गरे । गन्तव्य नेपालले २०१८ का लागि टुरिजम म्यान अफ दि इयर पर्यटन प्रवद्र्धक प्रतिष्ठा अमात्यलाई प्रदान गरेको छ । त्यस्तै विभिन्न क्षेत्रबाट पर्यटन प्रवर्द्धन गर्ने व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।


