एटा संवाददाता ।
लण्डन । स्थापना काल देखिनै नेपाली समुदाय बेलायतमा क्रियाशिल हुदै आएको तमु समाज युकेले लकडाउनका कारण अप्ठ्यारोमा रहेका सदस्यहरुलाई घरदैलो कार्यक्रम आयोजना गरी आवश्यक सहयोग गर्दै आएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसले मानव जीवनलाई अस्तव्यस्त बनाइरहेको अवस्थामा समाजका आप्mना जेष्ठ नागरिकहरुलाई घरदैलो कार्यक्रम गरी सक्दो सहयोग गर्दै आएकोमा आजीवन सदस्यहरुलाई समेत उपहार प्रदान गर्ने भएको छ ।
समाजका उपाध्यक्ष शिबकुमार गुरुङका अनुसार समाज भित्र आपतविपत पर्दा आवश्यक सहयोग गर्ने उद्देश्य अनुरुप गठन भएको तमु समाज युकेको बिपत व्यबस्थापन समितिले गत अप्रिल र मे महिनामा समाजका जेष्ठ नागरिकहरुको घर घरमा पुगेर फेस माक्स, सनिटाईजर, ह्यण्डबास लिक्वुड र एन्टीब्यक्टेरियल वेप्स रहेको सेफ्टी किट प्रदान गरिसकेको छ । सो अप्रिल र मे महिनामा जेष्ठ नागरिकहरुको घरदैलोमा पुगी उनीहरुसंग कुराकानी गरिएको र सेप्mटी किट संगसंगै फलपूmल समेत लिएर जाने गरेको बताइएको छ । उक्त घरदैलो कार्यक्रम एकदमै सफलतापुर्बक सम्पन्न भएको, जेष्ठ नागरिकहरुबाट प्रसंशा, आर्शिवाद र धन्यवाद प्राप्त भएको बताउँदै सो प्रसंशाबाट ब्यबस्थापन समितिलाई ठूलो हौसला र प्रेरणा मिलेको समाजले जनाएको छ ।

यसैबीच समाजले यस महामारीको अवस्थामा आफ्ना आजीवन सदस्यहरुलाई सामाजिक दुरी कायम गरी घरदैलोमा पुगी उपहार प्रदान गर्ने व्यवस्था मिलाइएको बताउदै उक्त उपहार ग्रहण गरिदिनुहुन सबै आजीवन सदस्यहरुमा हार्दिक अनुरोध समेत गरिएको उपाध्यक्ष गुरुङले जनाए । साथै, उनले समाजले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै घरदैलोको क्रममा बिपत ब्यबस्थापन समिति घर भित्र नपस्ने समेत जानकारी गराएका छन् । त्यस्तै, उनले एकअर्कामा सामाजिक दुरी कायम गर्नुपर्ने र एकअर्का परिवारबीच समेत भेट्ने सहज परिस्थिति नभएकोले पनि व्यवस्थापन टोली ढोका सम्म पुग्ने बताए ।
समाजले अहिले लकडाउन अलि खुकुलो भएता पनि संक्रमण अझै पनि फैलिरहेको हुनाले घरदैलो पुग्ने टोलीका सदस्य एवं स्वयंसेवकहरुलाई सामाजिक दुरी कायम गर्न समेत अनुरोध गरेको छ । त्यस्तै, उक्त उपहारमा आवश्यक सामाग्री राखेर प्याकेज बनाइएको र आउँदो एकहप्ता भित्र उक्त उपहार घरघरमा आईपुग्ने भएको हुँदा दैलोमा आउने व्यवस्थापन टोलीलाई आवश्यक सहयोग गरिदिनका लागि समाजले हार्दिक अनुरोध छ । त्यस्तै, समाजले उक्त उपहार वितरणका लागि आवश्यक तयारी सकिएको बताउदै सबैको यस्तै साथ र सहयोग पाएमा समाज अगाडि बढिरहने समेत जनाइएको छ ।











