तमु समाज युकेद्धारा दुर्लुङका पहिरोपीडितलाई आर्थिक सहयोग

SHARE:

एटा संवाददाता ।
लण्डन । नेपाली समुदाय बेलायतमा अत्यन्त सक्रिय तमु समाज युकेले पर्वत जिल्लाको दुर्लुङ्गका पहिरोपीडितहरुलाई आर्थिक सहयोग गरेको छ । गत १३ जुन राती गएको पहिरोबाट जनधनको क्षति भएकाहरुलाई आर्थिक सहयोग प्रदान गरिएको हो । उक्त पहिरोबाट मानवीय क्षतिको समेत सामना गर्नुपरेका ३ परिवार र पहिरोबाट विस्थापित भएका ५ परिवार गरी ८ परिवारलाई गत आइतबार ५ जुलाईका दिन प्रतिनिधिसभाका सदस्य सांसद पदम गिरीको बिशेष उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी राहत वितरण गरिएको हो ।

कार्यक्रममा तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र वर्तमान अध्यक्ष शिवचन्द्र गुरुङको सक्रियता तथा तमु समाज युकेका उपाध्यक्ष शिब कुमार गुरुङको संयोजकत्वमा रकम संकलन गरी पठाइएको ४ लाख ६२ हजार ६ सय ७२ रुपैँया सांसद गिरीले पीडित परिवारलाई हस्तान्तरण गरेका थिए । सो अवसरमा सांसद पदम गिरीले दुर्लुङको इतिहासमै पहिलोपटक यति ठुलो घटना घटेको बताउँदै कल्पनासमेत नभएको ठाउँमा पहिरो जाँदा ८ जनाले ज्यान गुमाउनुपरेको बताए । साथै, उनले तमु समाज युकेले गरेको सहयोगको प्रसंशा गर्दै धन्यवाद दिए ।

उक्त रकम संकलन तथा पिडित परिवार सम्म पु¥याउनका लागि दुर्लुङमा जन्मिएर बेलायतमा बसोबास गर्दै आएका भुतपुर्व क्याप्टेन जीवन गुरुङ, खेमबहादुर गुरुङ, धरमबल गुरुङ र निरज गुरुङले सहयोग गरेका थिए । उक्त सहयोग संकलन अभियानमा नेपालमा जन्मिएर बेलायतमा बसेका नेपालीमनहरुले सहयोग रकम उपलब्ध गराएका थिए ।

दुर्लुङमा गएको उक्त पहिरोमा परी ३ परिवारका ९ जनाको ज्यान गएको थियो । मृतक ९ जनालाई २७ हजार ३ सयको दरले २ लाख ४५ हजार सात सय, हस्तान्तरण गरिएको छ । पहिरोमा परि आमा, बाबु, छोरा र छोरी गुमाएका ओमबहादुर थापालाई १ लाख ९ हजार दुई सय, श्रीमती र छोराछोरी गुमाएका विकास थापालाई ८१ हजार ९ सय र श्रीमती र छोरा गुमाएका बलबहादुर थापाको परिवारलाई ५४ हजार ६ सय रुपैया हस्तान्तरण गरिएको हो । त्यस्तै, पहिरो पिडित भुवन गिरीलाई ५४ हजार ९ सय ७२ र अन्य चार परिवार हस्तीदेवी शर्मा, उजेली शर्मा, नन्दीकुमारी गुरुङ र पशुपती सिंजाली ४० हजार पाँच सय रुपैयाको दरले राहत वितरण गरिएको हो ।

बेलायतको च्यारिटि कमिशनमा दर्ता रहेको तमु समाज युकेले यसअघि पनि नेपालमा महाभूकम्प जाँदा गोरखा, कास्की र लम्जुङमा १५ लाख रुपैँया बराबरको राहत उपलब्ध गराएका थिए । त्यस्तै, धादिङमा १७ लाख रुपैँया बराबरको विद्यालय भवन निर्माण गरेको गरिएको र पोखरास्थित सेती नदीमा आएको बाढीका कारण विस्थापित भएका परिवारहरुलाई समेत सहयोग प्रदान गरिएको समाजका अध्यक्ष शिवचन्द्र गुरुङले जानकारी दिए । त्यस्तै, अहिलको कोभिड–१९ को अवस्थामा पनि अत्यावश्यक स्वास्थ्य सामग्री खरिद गर्नका लागि चारलाख भन्दा बढी सहयोग उपलब्ध गराएको समाजले जानकारी गराए ।

कुस्मा नगरपालिको दुर्लुङमा आयोजित राहत वितरण कार्यक्रममा राहतका लागि अगुवाई गर्दै आएका इन्द्रबहादुर गुरुङ, वडा अध्यक्ष तेजप्रसाद पाध्या लगायतले राहत वितरणका बारे बोलेका थिए । त्यस्तै, तमु समाज युकेबाट प्रेषित समवेदना पत्र समेत कार्यक्रम सञ्चालक हमबहादुर थापाले पढेर सुनाइएको तमु समाज युकेले जानकारी दिए ।  

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!