एटा संवाददाता ।
लण्डन । कोरोना भाईरसका कारण भएको लकडाउनबाट प्रभावितहरुलाई सयपत्री नेपाली सेवा समाज युकेद्वारा मोरङको सुन्दरहरैचा–६ मा राहत वितरण गरेको छ । गत आइतबार ५ जुलाईका दिन नेपाली वेलफेयर सोसाईटी (न्यूज–युके) युकेको संयोजन र प्रतिनिधिसभाका सदस्य सांसद एवं पूर्व मन्त्री लालबाबु पंडितको प्रमुख आतिथ्यमा सयपत्री नेपाली सेवा समाज युकेले मोरङ, सुन्दरहरैचा–६ का ४० घर बिपन्न परिवारलाई एक महिना पुग्ने खाद्यान्न राहत उपलब्ध गराएको हो ।
सो ४० घर परिवारलाई प्रतिघर ३० किलो चामल, पाँच किलो दाल, दुई लिटर तेल, दुई पोका नुन, र दुई थान साबुन बितरण गरिएको सयपत्री नेपाली सेवा समाजका अध्यक्ष दिलिप मोहराले जानकारी दिए । एनआरएनए युकेका सचिब जित रानाभाटद्वारा जुम मार्फत संचालन गरिएको उक्त राहत बितरण कार्यक्रमका प्रमुख अतिथि सांसद लालबाबु पण्डितले नेपाली समाजमा कोरोनाले पैदा गरेको आर्थिक, सामाजिक र मनोबैज्ञानिक संकटको बर्तमान अवस्थामा बेलायतमा रहेर पनि बिपन्न समुदायलाई सम्झीएर राहत उपलब्ध गराएकोमा सयपत्री समाजलाई धन्यवाद ब्यक्त गरेका थिए । साथै, उनले दोहोरो नागरिकताको प्रसंग कोट्याउदै, ‘नेपालबाट हामी जुनसुकै देशमा गएर बसोबास गरेता पनि नेपाली नै रहने र बिदेशी हाम्रो देशमा आएर बसे पनि नागरिकता नलिए सम्म बिदेशी नै रहने कुरालाई प्रष्ट पारेका थिए ।
उक्त राहत वितरण कार्यक्रममा नेपाली वेलफेयर सोसाईटी युकेका अध्यक्ष धनबहादुर सार्कीले कोरोनाको रोगबाट भन्दा पनि बाध्यात्मक लकडाउनका कारण खाद्यान्न अभावले भोक बाट कोहि पनि नमरुन भन्ने पबित्र उद्देश्यबाट प्रेरित भइ स्थानिय सरकार संग सहकार्य गरि आज सम्म नेपालको १३ जिल्लाका ४८२ बिपन्न घर परिवारलाई एक महिना पुग्ने राहत उपलब्ध गराइएको बताए । त्यस्तै, कार्यक्रमका बिशेष अतिथि कन्जरभेटिभ पार्टी बेलायतका प्रतिनिधि कृश पिगोटले कोभीडको संकटविरुद्ध सिङ्गो बिश्व एकजुट हुनु पर्ने बताए ।
उक्त कार्यक्रममा नेपाल सरकारको दलित बिकास समितिको कार्यकारी निर्देशक डा. बुद्धि नेपाली, बेलायतबाट गोर्खा नेप्लिज कम्युनिटीका अध्यक्ष डोल मल्ल, चितवन परिवार युकेकी महासचिव निशा शर्मा, सयपत्री नेपाली सेवा समाजका सल्लाहकार उत्तर बर्देवा, सल्लाहकार राजेन्द्र सेवा, उपाध्यक्ष चेत बर्देवा, महासचिव धनबहादुर परियार, सचिव रबिन परियार, कोषाध्यक्ष पर्त दर्जी, किसान परियार, योगेश घले, किरण परियार, कुमार दर्जी लगायत कार्यसमितिका सदस्यहरुले जुम मार्फत आ–आफ्नो भनाईहरु राखेका थिए ।

उक्त राहत वितरण कार्यक्रमलाई स्थानिय उपमेयर धनमाया तामाङ, वडा अध्यक्ष जीवन कुमार राई, केदार प्रसाद गुरागाइ, वडा सदस्यहरु टुना कुमारी लकान्द्री (प्रमिला), रम्बिका माझी, कृष्ण प्रसाद चापागाईं, डम्बर थापा मगर लगायतले राहत बितरणको सहजीकरण गरेका थिए ।
फेसबुक मार्फत लाइभ प्रसारण पनि गरिएको राहत बितरण कार्यक्रमको अन्त्यमा सयपत्री नेपाली सेवा समाज युकेका अध्यक्ष दिलिप मोहराले प्रमुख अतिथि, उपमेयर लगायत स्थानीय जनप्रतिनिधि लगायत सबै सहभागीहरुलाई धन्यवाद दिइएको राहत बितरणको संयोजन गर्ने नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष तथा कार्यक्रमका बिशिष्ट अतिति धनबहादुर सार्कीले जानकारी गराए ।









